Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

सहारा राहत कोषको लागि तेस्रो जैमिनी महोत्सव हुँदै


गकलोट। सहारा राहत कोष स्थापनाका लागि आगामी माघेसङ्क्रान्तिका अवसरमा तेस्रो जैमिनी महोत्सव हुने भएको छ । सहारा युवा क्बलले आगमी पुस २९ गतेदेखि माघ ५ गतेसम्म तेस्रो जैमिनी महोत्सव गर्न लागेको जानकारी दिएको हो ।

विसं २०७० देखि क्लबको अगुवाइमा मेला तथा महोत्सव हुँदै आएको छ । जैमिनी नगरपालिकाको सहयोगमा मेला आयोजना गरिएको क्लबका अध्यक्ष सुरेश सुनारले जानकारी दिए । यो तेस्रो जैमिनी मेला हो । उक्त मेला आयोजना गर्न जैमिनी नगरपालिकाले रु २० लाख सहयोग गरेको छ भने रु ४६ लाख आम्दानी गर्ने अनुमान गरिएको मेला सञ्चालनका लागि रु ३८ खर्च लाग्नेछ । बचत हुने रु ६ लाख ५० हजारको सहारा राहतकोष बनाइने आयोजकले जनाएको छ ।

सो कोषबाट असहाय, अशक्त, दीर्घरोगी गरिब तथा जटिल रोगीलाई सहयोग गरिने अध्यक्ष सुनारले बताए । मेलामा स्थानीय तथा बाह्य औद्योगिक उत्पादन सेवाको बिक्री, वित्तीय संस्थाको प्रदर्शनी कक्ष, कृषि, जडीबुटी तथा पशुजन्य उत्पादनको प्रदर्शन एवं बिक्री, सूचना प्रविधिसम्बन्धी परामर्श र घरेलु तथा हस्तकलाका सामानको पदर्शनी गरिनेछ । त्यस्तै, कुश्मिसेरा बजारको सहारा खेल मैदानमा हुने मेलामा वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता, खुल्ला महिला भलिबल प्रतियोगिता, खुल्ला नौमती बाजा प्रतियोगिता र स्थानीय लोपन्मुख झाँकी प्रदर्शनी गरिनेछ ।

उक्त जैमिनी नगरपालिका–१ का वडाध्यक्ष विष्णुप्रसाद आचार्यले ऐतिहासिक मेलाको प्रवर्धन र प्रचारप्रसार गर्दै संस्कृकिको संरक्षणका लागि गर्न थालिएको बताएका छन् ।

 


प्रकाशित मिति: १३ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?