Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

एनसेलबाट बाहिरिने आजियाटाको निर्णय


काठमाडौं। मलेसियाको आजियाटा समूहले एनसेलबाट बाहिरिने निर्णय गरेको छ । व्यावसायिक चुनौती बढेको भन्दै आजियाटा बर्हार्डले नेपालबाट बाहिरिने घोषणा गरेको हो ।

त्यस्तै, आजियाटाले बुधबार एक विज्ञप्ति जारी गर्दै यसको सम्पत्ति बिक्रीमा राखेको जनाएको छ । एनसेलमा आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत सेयर स्वामित्व छ भने बाँकी २० प्रतिशत सेयर भने सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ ।

यसअघि पनि स्विडिस कम्पनी टेलिया सोनेराले कम्पनीको सेयर बिक्री गरेको थियो । त्यसबेला आजियाटाले सेयर किनेको थियो भने सेयर किनेको ७ वर्षपछि आजियाटा पनि बाहिरिने निष्कर्षमा पुगेको हो ।


प्रकाशित मिति: १३ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?