Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

कोशी प्रदेशले मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ९ विकेटले हरायो


काठमाडौं। केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले सान्त्वना जित निकालेको छ । आज बुधवार पोखरा रङ्गशालामा भएको समूह ‘डी’ को खेलमा कोशीले मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘निलो’ लाई ९ विकेटले हरायो ।

मदन भण्डारी ‘निलो’ ले दिएको ६८ रनको सामान्य लक्ष्य कोशीले ७ ओभर ४ बलमा १ विकेट गुमाएर भेटायो । कोशीका सोनु अन्सारीले नट आउट ३५ रन बनाए । बलिङतर्फ मदन भण्डारी ‘निलो’ का शुभम् खनालले १ विकेट लिए । यसअघि पोखरा रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको मदन भण्डारी ‘निलो’ १७ ओभर ५ बलमा ६७ रनमा अल आउट भयो । मदन भण्डारी ‘निलो’ का अर्जुन रायमाझीले सर्वाधिक २४ रन बनाए । बलिङतर्फ कोशीका श्रवण यादवले ३ तथा फिर्दोश अन्सारी र कमल खत्रीले समान २ विकेट लिए ।

त्यस्तै, केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल सेमीकरण यसअघि नै पूरा भइसकेको छ । समूह ‘ए’ बाट बाग्मती प्रदेश, समूह ‘बी’ बाट सशस्त्र प्रहरी बलको एपीएफ क्लब, समूह ‘सी’ बाट मधेस प्रदेश र समूह ‘डी’ बाट आर्मी सेमिफाइनलमा पुगेका छन् ।

सेमिफाइनल खेल भोलि बिहीबार हुनेछ । पहिलो सेमिफाइनलमा बाग्मती र आर्मी तथा दोस्रो सेमिफाइनलमा मधेस र एपीएफ खेल्नेछन् भने फाइनल खेल पर्सि शुक्रवार हुनेछ ।


प्रकाशित मिति: १३ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?