Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

कोशी प्रदेशले मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ९ विकेटले हरायो


काठमाडौं। केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले सान्त्वना जित निकालेको छ । आज बुधवार पोखरा रङ्गशालामा भएको समूह ‘डी’ को खेलमा कोशीले मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘निलो’ लाई ९ विकेटले हरायो ।

मदन भण्डारी ‘निलो’ ले दिएको ६८ रनको सामान्य लक्ष्य कोशीले ७ ओभर ४ बलमा १ विकेट गुमाएर भेटायो । कोशीका सोनु अन्सारीले नट आउट ३५ रन बनाए । बलिङतर्फ मदन भण्डारी ‘निलो’ का शुभम् खनालले १ विकेट लिए । यसअघि पोखरा रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको मदन भण्डारी ‘निलो’ १७ ओभर ५ बलमा ६७ रनमा अल आउट भयो । मदन भण्डारी ‘निलो’ का अर्जुन रायमाझीले सर्वाधिक २४ रन बनाए । बलिङतर्फ कोशीका श्रवण यादवले ३ तथा फिर्दोश अन्सारी र कमल खत्रीले समान २ विकेट लिए ।

त्यस्तै, केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल सेमीकरण यसअघि नै पूरा भइसकेको छ । समूह ‘ए’ बाट बाग्मती प्रदेश, समूह ‘बी’ बाट सशस्त्र प्रहरी बलको एपीएफ क्लब, समूह ‘सी’ बाट मधेस प्रदेश र समूह ‘डी’ बाट आर्मी सेमिफाइनलमा पुगेका छन् ।

सेमिफाइनल खेल भोलि बिहीबार हुनेछ । पहिलो सेमिफाइनलमा बाग्मती र आर्मी तथा दोस्रो सेमिफाइनलमा मधेस र एपीएफ खेल्नेछन् भने फाइनल खेल पर्सि शुक्रवार हुनेछ ।


प्रकाशित मिति: १३ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?