Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

फोटो प्रतियोगिता आयोजना गर्दै नेपाली सेना, प्रथम हुनेले ५० हजार नगद पाउने


काठमाडौं। नेपाली सेनाले फोटो प्रतियोगिता आयोजना गर्ने भएको छ । विभिन्न क्याटेगोरीमा नेपाली सेनाले फोटो प्रतियोगिता २०८० गर्न लागेको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ ।

उक्त प्रतियोगितामा सहभागी पहिलो हुने फोटोलाई ५० हजार रुपैयाँ, दोस्रो हुनेलाई ३५ हजार रुपैयाँ, तेस्रो हुनेलाई २५ हजार रुपैयाँ र सान्त्वना हुनेलाई १० हजार रुपैयाँ पुरस्कार दिइने जङ्गी अड्डाले जनाएको छ भने सो प्रतियोगितामा सहभागी हुन आगामी मंसिर २१ गतेसम्म photo.nepalarmy.mil.np मा फोटो पठाउनुपर्ने जनाइएको छ ।

त्यस्तै, सेनासँग सम्बन्धित तालिम, खेलकुद, समारोह, सैनिक कारवाहीका गतिविधि, नागरिक र सेना सहकार्य तथा अन्य विषयका फोटो प्रतियोगितामा सहभागी हुन सक्ने समेत जनाइएको छ ।


प्रकाशित मिति: १३ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?