Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

गुल्मीमा बलात्कारपछि बालिकाको हत्या गरेको आरोपमा एक शिक्षकलाई कारागार चलान


गुल्मी। गुल्मीमा बलात्कारपछि बालिकाको हत्या गरेको आरोपमा एक जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

बागलुङ घर भई गुल्मीको चन्द्रकोट गाउँपालिका-४ बस्दै आएकी बालिकाको हत्या आरोपमा बाँकेको खजुरा गाउँपालिका-७ घर भई चन्द्रकोट-४ बस्दै आएका २३ वर्षीय रहिस खाँ कारागार चलान भएका हुन् भने उनी चन्द्रकोटकै एक विद्यालयका शिक्षक हुन् ।गत कात्तिक १६ गते बागलुङ जिल्ला बरेङ गाउँपालिका घर भई चन्द्रकोट(४ बस्ने मनिषा खेतालालाई सुर्ती लिन गएकी थिइन् । त्यस्तै, गत कात्तिक १६ गते बागलुङ जिल्ला बरेङ गाउँपालिका घर भई चन्द्रकोट-४ बस्ने मनिषा खेतालालाई सुर्ती लिन गएकी थिइन् । उक्त किशोरी घरमा नआएपछि खोजी गर्ने क्रममा कात्तिक १७ गते बिहान उनको शव भेटिएको थियो ।

मनिषाको बलात्कारपछि हत्या गरेको आरोपमा खाँलाई प्रहरीले कात्तिक १७ गते पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो । सोमबार जिल्ला अदालत गुल्मीले खाँलाई पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताएका थिए । त्यस्तै, किशोरीको आमाका अनुसार मनिषा खेतमा धान झाट्दै दाईं लगाउने क्रममा खेतालालाई सुर्ती किन्न पसलमा गएकी थिइन् ।

उक्त कारागार चलान भएका खाँ पाँच महिनादेखि शिक्षण पेसाका लागि चन्द्रकोटको शान्तिपुरमा बस्दै आएको प्रहरीले जनाएको छ ।

 


प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?