इटहरी। सुनसरीको इटहरी उपमहानगरपालिकाले ३० नगर प्रहरी थपेको छ ।
त्यस्तै, दुईजना सई, चारजना हवल्दार र २४ जना जवान थपिएका हुन् भने उनीहरू डेढमहिने तालिमपछि कार्यक्षेत्रमा खटिने उपमहानगरले जनाएको छ । यसअघि, इटहरीमा १५ जना नगर प्रहरी रहेका थिए ।
उक्त नगर प्रहरीलाई भिड व्यवस्थापन, स्थानीय सरकारको काम, कर्तव्य र अधिकारबारे प्रशिक्षण गराइने बताइएको छ ।
प्रकाशित मिति: ११ मंसिर २०८०, सोमबार