Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

धुलिखेलमा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु


काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको धुलिखेलमा आजदेखि बागमती प्रदेशस्तरीय दुईदिने सुरक्षा तथा अपराध अनुसन्धान गोष्ठी सुरु भएको छ । प्रदेशस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालय र बागमती प्रदेश प्रहरी कार्यालयद्वारा संयुक्तरुपमा आयोजित उक्त गोष्ठीमा दस जिल्लाका प्रहरी प्रमुख, अपराध अनुसन्धान अधिकृत र जिल्ला न्यायधिवक्ताको सहाभागिता रहेको छ । उक्त गोष्ठीमा साइबर अपराधको विद्यमान अवस्था, अनुसन्धानका चुनौती तथा बागमती प्रदेशमा अपराधको प्रवृति र अपराधमा प्रविधिको प्रयोगलगायत विषयमा अपराध अनुसन्धान, अभियोजन र न्याय निरुपण गर्ने निकायबीच छलफल हुने जनाइएको छ । त्यसैगरी उद्घाटन कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक दीपक रेग्मीले प्रविधिका कारण अपराधको प्रवृत्ति फरक बन्दै गएकाले उक्त चुनौतीलाई सामना गर्नसक्ने अनुसन्धानबारे वृहत छलफल हुने बताएका छन् । उनका अनुसार अपराध अनुसन्धानमा कानुनी अड्चनका विषयमासमेत प्रस्तुति एवं गहन छलफल हुने छ । मन्त्रालयका सचिव ध्रुव गैँडाले नेपाल प्रहरी नागरिकमैत्री भएका कारण प्रहरीप्रति जनताको विश्वास बढेको धारणा व्यक्त गरे ।

सो कार्यक्रममा प्रहरी प्रधान कार्यलय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले केही वर्षदेखि अपराधको प्रवृत्ति फेरिएको उल्लेख गर्दै अपराध अनुसन्धान र सुरक्षाबीचको सम्बन्धमा दरार उत्पन्न गराउन नहुने बताए । उनले भने “कतिपय साइबरसम्बन्धी अपराध अनुसन्धान गर्न अन्तरदेशीय निकायको समेत सहयोगको आवश्यकता परेको छ, यसका लागि विभाग चनाखो छ ।” प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अपराध अनुसन्धान, अभियोजन र न्याय निरुपणका विषयमा भएका अप्ठ्यारालाई गोष्ठीमार्फत निराकरणको बाटो खुल्ने विश्वास व्यक्त गरे ।


प्रकाशित मिति: १० मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?