Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२८ पुष २०८२, सोमबार
२८ पुष २०८२, सोमबार

 देश विकासको बाधक ‘भ्रष्टाचार’ हो : डा. चन्द्रकान्त भण्डारी


गुल्मी। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्रकान्त भण्डारीले देशको विकासको प्रमुख बाधक भ्रष्टाचार भएको बताएका छन् । भ्रष्टाचार देशका लागि ठूलो रोग भएकोे भन्दै नेता भण्डारीले जबसम्म भ्रष्टाचारलाई न्यूनीकरण गर्न सकिँदैन तबसम्म जनताले आशा गरेअनुसार विकासको प्रतिफल प्राप्त गर्न नसकिने बताए । गत फागुन ३ गते काठमाडौंस्थित आफ्नै घरमा ग्यास दुर्घटनामा परी सख्त घाइते हुनुभएका गुल्मी क्षेत्र नं १ बाट निर्वाचित सांसद भण्डारी दुर्घटनामा परेको नौ महिनापछि पहिलो पटक गृह जिल्ला गुल्मी आएका हुन् । त्यस्तै, डा. भण्डारीले रेसुङ्गा विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मुलुक नबनेसम्म भावी सन्ततिका भविष्य पनि नबन्ने भन्दै आफूहरू मुलुक बनाउने अभियानमा लागेको बताए । नेपाल संसारको सबैभन्दा राम्रो देश भएको भन्दै उनले मुलुक राम्रो बने देश अघि बढ्न सक्ने तर्क गरे । गुल्मीलाई नेपालको नमूना जिल्ला बनाउन आफूले कोरेको विकासको गोरेटालाई पूर्णता दिने काममा सधैँ लागिपर्ने उनले विश्वास दिलाए ।

त्यसैगरी, शनिबार गुल्मीको सदरमुकाम तम्घासमा सुरु हुन गइरहेको कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्न डा. भण्डारी गुल्मी आएका हुन् । दुर्घटनापश्चात् पहिलो पटक पुनर्जीवन पाएर जिल्लामा आएका उनको आगमनले आम जिल्लावासीमा थप खुसी र उत्साह थपिएको कांग्रेसको जिल्ला पार्टी सभापति खिलध्वज पन्थीले बताए । दोस्रो जिल्ला सम्मेलनमा कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका केन्द्रीय नेताहरु शनिबार गुल्मी आउने कार्यक्रम रहेको पार्टी सभापति पन्थीले जानकारी दिए ।


प्रकाशित मिति: ८ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?