Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

२ महिनादेखि सम्पर्कविहीन रहेका प्रहरी इन्स्पेक्टरलाई ७ दिनभित्र हाजिर हुन गृह मन्त्रालयको निर्देशन


काठमाडौं। आफूखुसी गैर हाजिर रहेका नेपाल प्रहरी अस्पतालमा कार्यरत एक जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई सात दिनभित्र उपस्थित हुन गृह मन्त्रालयले निर्देशन दिएको छ । गृह मन्त्रालयले सूचना प्रकाशन गर्दै प्रहरी अस्पताल मेडिकल रिसर्च युनिट महाराजगन्ज दरबन्दी भएका प्राविधिक प्रहरी निरीक्षक टङ्क भट्टराईलाई सात दिनभित्र हाजिर हुन गृहले निर्देशन दिएको हो । उक्त कार्यालयमा गैर हाजिर भएपछि खोजतलास गर्दा फेला नपरेपछि हाजिर हुन आउनेसम्बन्धी सात दिने सूचना जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । सो अवधिमा चित्तबुझ्दो स्पष्टिकरणसहित मन्त्रालयमा उपस्थित हुन भनिएको छ । मन्त्रालयमा हाजिर नभएमा वा स्पष्टीकरण चित्तबुझ्दो नभए प्रहरी नियमावली अनुसार सेवाबाट हटाइनेसम्मको कारबाही हुने सूचनामा उल्लेख छ ।


प्रकाशित मिति: ८ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?