Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

भूकम्पपीडितको मानसिक समस्या पहिचान गर्न परामर्श सेवा


त्रिवेणी,रुकुम पश्चिम। भूकम्पपीडितको मानसिक समस्या पहिचान गर्न रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले एकीकृत स्वास्थ्य घुम्ती शिविरमार्फत परामर्श सेवा प्रवाह गरिरहेको छ । गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घाइते तथा बिरामीका लागि चिकित्सकको समूह टोल–टोलमा पुगेर विभिन्न संस्थाको सहयोगमा भूकम्पपीडितलाई स्वास्थ्य सेवा प्रवाह गरिरहेको हो । त्यस्तै, दुई दिन सञ्चालन भएको स्वास्थ्य शिविर बिहीबार सम्पन्न भए पनि विभिन्न सङ्घसंस्थाको सहयोगमा भूकम्पपछिको मानसिक तनाव कम गर्न प्रभावित क्षेत्रमा मनोसामाजिक परामर्शको काम जारी रहेको आठबीसकोट नगरपालिकाका स्वास्थ्य संयोजक प्रेमप्रकाश रोकायले जानकारी दिए । उनका अनुसार दुई दिन लगाएर भूकम्पले बढी प्रभावित पारेको क्षेत्र वडा नं ९, १०, ११, १२, १३ र १४ मा घाइते तथा बिरामीको निःशुल्क स्वास्थ्य चाँज तथा बिरामीलाई आवश्यक औषधि पनि उपलब्ध गराइएको हो । नगरपालिकामा दुई दिन सञ्चालन गरिएको शिविरमा जाँच गरिएका घाइते तथा बिरामीमा कुनै न कुनै खालको समस्या देखिएको रोकायले बताउदै नगरपालिकामा बढी प्रभावित वडा नं ९ देखि १४ सम्मका घाइते, बिरामी तथा सर्वसाधारणको जाँच गर्दा ज्वरो, रुघाखोकी, पखाला, शरीर दुख्नेदेखि मानसिक समस्यासम्म देखिएको उनले जानकारी दिए । सामान्य खालका बिरामीलाई औषधि दिइएको जनाउँदै मानसिक समस्या देखिएकालाई तत्कालका लागि सामान्य परामर्श दिइएको रोकायले बताउदै सामान्य परामर्शले मानसिक समस्या कम नहुने भएकाले यही मङ्सिर ११ गते नगर अस्पतालमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक परार्मश शिविरमा सञ्चालन गरिने उनले जानकारी दिए ।

त्यस्तै, नगरपालिको आयोजनामा सिएमसी नेपालको प्राविधिक सहयोगमा वरिष्ठ मानसिक रोग विशषज्ञद्वारा मानसिक तथा मनोसामाजिक परामर्श शिविर सञ्चालन हुने नगरपालिकाले जनाएको छ । भूकम्पका कारण बढी प्रभावित क्षेत्रमा पीडितमा मानसिक समस्या देखिएकाले आवस्यक सुझाव दिई तनाव कम गर्न वडा–वडामा विभिन्न मनोसामाजिक परामर्श सेवा केन्द्र सञ्चालन गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक रोकायले जानकारी दिए । पीडितको समस्या बुझ्न, आवश्यक सल्लाह, सुझाव दिन र मानसिक समस्या पहिचानको विवरण सङ्कलन गर्न विभिन्न सङ्घसंस्थाले नगरपालिकासँग समन्वय गरिरहेका नगरउपप्रमुख धनकुमारी शाहीले जानकारी दिए । उनका अनुसार सामाजिक क्षेत्रमा काम गर्दै आएका ओरेक, टिपिओ, सिएमसी र सोसेस नेपालले सहकार्य गरिरहेका छन् भने उपप्रमुख शाहीले बढी प्रभावित क्षेत्र तथा आफन्त गुमाएका परिवारलाई पहिलो प्राथमिकतामा राखेर परामर्श सेवा दिइने जानकारी दिए । पछिल्लो समय अत्यधिक चिसो बढेकाले परिवारमा ज्वरो, रुघाखोकीलगायत स्वास्थ्य समस्या देखिन थालेको आठबीसकोट–१३ भल्माका स्थानीय हरिबहादुर ओलीले बताए । उनका अनुसार केही भूकम्पपीडित परिवारलाई अस्थायी आवास निर्माण भए पनि धेरै पीडित घरपरिवार अस्थायी आवास निर्माण नहुँदा भूकम्पपीडित त्रिपालमै रात कटाउन बाध्य छन् भने अस्थायी आवास समयमै नबन्ने हो र त्रिपालकै साहारा भइरहने हो भने अझ धेरै स्वास्थ्य समस्या देखिने शिक्षक भीवबहादुर ओलीको भनाइ रहेको थियो ।


प्रकाशित मिति: ८ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?