Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

कालीगण्डकीमा स्नान गर्नेको घुइँचो


गलेश्वर,म्याग्दी। आज हरिबोधिनी एकादशी अर्थात् तुलसीको विवाह गर्ने दिन । हरिबोधिनी एकादशीका अवसरमा पवित्र कालीगण्डकी नदीमा स्नान गर्नेको बिहानैदेखि घुइँचो लागेको छ । गलेश्वरदेखि बेनीसम्मको कालीगण्डकी किनारमा स्नान गर्नेको घुइँचो लागेको छ । यस्तै, म्याग्दी नदी र पवित्र मानिने कालीगण्डकी नदीको सङ्गमका रुपमा रहेको बेनीमा हरिबोधिनी एकादशीमा स्नान गर्नुका साथै गलेश्वर र बेनीस्थित लक्ष्मीनारायणको मन्दिरमा पूजा गर्न ठूलो संख्यामा भक्तजन आएका छन् । मुक्तिनाथबाट बगेर आउनुका साथै भगवान विष्णुको अवतारका रुपमा पुजिँदै आएको शालिग्राम पाइने एक मात्र नदी भएकाले कालीगण्डकीमा स्नान गरी घरघरमा रोपिएका तुलसीको भगवान दामोदर ९विष्णु०सँग विवाह गरिदिने प्रचलन रहेको छ । त्यसैगरी कालीगण्डकीमा स्नान गरेमा एक हजार गाई दान गरे बराबरको पुण्य मिल्ने भक्तजनको भनाइ रहेको छ । आजैका दिन कालीगण्डकीमा स्नान गरेर फर्केपछि घरघरमा रहेका तुलसीको मठमा असारमा पर्ने हरिशयनी एकादशीमा रोपिएको तुलसीको विवाह गरिन्छ भने तुलसीको बिरुवालाई धार्मिक तथा स्वास्थ्यको दृष्टिकोणले निकै महत्वपूर्ण मानिन्छ । आजदेखि चर्तुमास व्रतकोपनि समाप्त गरिन्छ ।हरिबोधिनी एकादशीलाई ठूली एकादशी पनि भनिन्छ । आजका दिन, असार शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान श्रीविष्णु उठ्नु हुने पुराणमा उल्लेख छ भने आजको एकादशीमा गरिने स्नान, दान, तपआदि सबै कार्यले अक्षययज्ञ बराबरको फल दिने धार्मिक विश्वास गरिन्छ ।

त्यस्तै, हरिशयनी एकादशीदेखि चार महिना क्षीरसागरमा भगवान श्रीविष्णु सुतेपछिको अवधिलाई चतुर्मास भनिन्छ । यस अवधीमा कुनै माङ्गालिक कार्य गर्नुहुँदैन भन्ने मान्यता छ । यो चार महिनामा विवाह, व्रतबन्ध, गृहप्रवेश आदि कार्य गरिदैन । चतुर्मासको अन्त्यसँगै माङ्गालिक कार्यका लागि मुहूर्त खुल्ने धार्मिक मान्यता रहेको छ । कात्तिक शुक्ल एकादशीदेखि पूणिर्मासम्मको अवधिलाई भीष्मपञ्चक भनिन्छ । महाभारत अनुसार कहिल्यै भोको नबस्ने भीमसेन पनि यस दिनव्रत बसेका थिए । त्यसैलै अरु दिनमा व्रत बस्न नसक्ने हिन्दू धर्माबलम्बीलेसमेत ठूलो एकादशीको दिनमा भने व्रत बस्नैपर्ने मान्यता रहेको छ भने हिन्दू धर्मशास्त्र वा आयुर्वेदमा महत्वपूर्ण भूमिका भएको तुलसीको बिरुवाको धार्मिक, सांस्कृतिक र वैज्ञानिक रूपमा पनि महत्त्वपूर्ण रहेको छ ।


प्रकाशित मिति: ७ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?