Trending
>>   ‘गर्न मन छ कुरा पियारी’ सार्वजनिक >>   ‘घुस आरोपले भारतीय धनाड्य अदानी समूहलाई धक्का’ >>   बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण >>   मुग्लिङ-नारायणगढ सडकमा माईक्रो बस दुर्घटना >>   कालीगण्डकी करिडोरले जोड्यो लुम्बिनी र मुक्तिनाथ >>   पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार >>   भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा >>   यी दुइ प्रदेशमा हल्का बर्षाको सम्भावना,हिमाली भेगमा हिमपात हुने >>   आज मिति २०८१ साल मङ्सिर ०९ गते आइतबार,हेर्नुहोस आजको राशिफल >>   चलचित्र भवनमा स्वदेशी चलचित्रकै दबदबा
Logo
९ मंसिर २०८१, आईतवार
९ मंसिर २०८१, आईतवार

कालीगण्डकीमा स्नान गर्नेको घुइँचो


गलेश्वर,म्याग्दी। आज हरिबोधिनी एकादशी अर्थात् तुलसीको विवाह गर्ने दिन । हरिबोधिनी एकादशीका अवसरमा पवित्र कालीगण्डकी नदीमा स्नान गर्नेको बिहानैदेखि घुइँचो लागेको छ । गलेश्वरदेखि बेनीसम्मको कालीगण्डकी किनारमा स्नान गर्नेको घुइँचो लागेको छ । यस्तै, म्याग्दी नदी र पवित्र मानिने कालीगण्डकी नदीको सङ्गमका रुपमा रहेको बेनीमा हरिबोधिनी एकादशीमा स्नान गर्नुका साथै गलेश्वर र बेनीस्थित लक्ष्मीनारायणको मन्दिरमा पूजा गर्न ठूलो संख्यामा भक्तजन आएका छन् । मुक्तिनाथबाट बगेर आउनुका साथै भगवान विष्णुको अवतारका रुपमा पुजिँदै आएको शालिग्राम पाइने एक मात्र नदी भएकाले कालीगण्डकीमा स्नान गरी घरघरमा रोपिएका तुलसीको भगवान दामोदर ९विष्णु०सँग विवाह गरिदिने प्रचलन रहेको छ । त्यसैगरी कालीगण्डकीमा स्नान गरेमा एक हजार गाई दान गरे बराबरको पुण्य मिल्ने भक्तजनको भनाइ रहेको छ । आजैका दिन कालीगण्डकीमा स्नान गरेर फर्केपछि घरघरमा रहेका तुलसीको मठमा असारमा पर्ने हरिशयनी एकादशीमा रोपिएको तुलसीको विवाह गरिन्छ भने तुलसीको बिरुवालाई धार्मिक तथा स्वास्थ्यको दृष्टिकोणले निकै महत्वपूर्ण मानिन्छ । आजदेखि चर्तुमास व्रतकोपनि समाप्त गरिन्छ ।हरिबोधिनी एकादशीलाई ठूली एकादशी पनि भनिन्छ । आजका दिन, असार शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान श्रीविष्णु उठ्नु हुने पुराणमा उल्लेख छ भने आजको एकादशीमा गरिने स्नान, दान, तपआदि सबै कार्यले अक्षययज्ञ बराबरको फल दिने धार्मिक विश्वास गरिन्छ ।

त्यस्तै, हरिशयनी एकादशीदेखि चार महिना क्षीरसागरमा भगवान श्रीविष्णु सुतेपछिको अवधिलाई चतुर्मास भनिन्छ । यस अवधीमा कुनै माङ्गालिक कार्य गर्नुहुँदैन भन्ने मान्यता छ । यो चार महिनामा विवाह, व्रतबन्ध, गृहप्रवेश आदि कार्य गरिदैन । चतुर्मासको अन्त्यसँगै माङ्गालिक कार्यका लागि मुहूर्त खुल्ने धार्मिक मान्यता रहेको छ । कात्तिक शुक्ल एकादशीदेखि पूणिर्मासम्मको अवधिलाई भीष्मपञ्चक भनिन्छ । महाभारत अनुसार कहिल्यै भोको नबस्ने भीमसेन पनि यस दिनव्रत बसेका थिए । त्यसैलै अरु दिनमा व्रत बस्न नसक्ने हिन्दू धर्माबलम्बीलेसमेत ठूलो एकादशीको दिनमा भने व्रत बस्नैपर्ने मान्यता रहेको छ भने हिन्दू धर्मशास्त्र वा आयुर्वेदमा महत्वपूर्ण भूमिका भएको तुलसीको बिरुवाको धार्मिक, सांस्कृतिक र वैज्ञानिक रूपमा पनि महत्त्वपूर्ण रहेको छ ।


प्रकाशित मिति: ७ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?