Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

६५ वर्षीया वृद्धको हत्याको आरोपमा एक जना पक्राउ


दोधारा चाँदनी, कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँट नगरपालिका–७ शान्तिपुरका ६५ वर्षीया नारुदेवी जोशीको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । गत कात्तिक १९ मा घर नजिकै मृत भेटिएका जोशीको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज स्थानीय महेश डगौरालाई सार्वजनिक गरेको हो । त्यस्तै, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले घर नजिकै रहेको जङ्गलमा घाँस काट्न गएकी जोशीको हत्यामा संलग्न रहेको अनुसन्धानबाट पुष्टि भएपछि डगौरालाई सार्वजनिक गरिएको बताए । “डगौरा लागुऔषध प्रयोगकर्ता समेत रहेछन् उनले नारुदेवी एक्लै घाँस काटन जङ्गल जाने क्रममा देखेपछि पिछा गर्दै गएको पुष्टि भएको छ ।” प्रहरी उपरीक्षक थापाले भने, “डगौराले घाँस काटिदिन्छु भन्दै घाँटी च्यापेर हत्या गरेको स्वीकार गरेका छन ।” वृद्धको हत्यापछि सुन लुटपाट गरेको र सुन बिक्रीका लागि धनगढी पुगुेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । “यसअघि डगौराले साइकल चोर्ने र लुटपाट गर्ने गरेको देखियो”, उनले भने, “वृद्धको हत्या गरी कान, नाकमा लगायतका तीन थान गहना तीन पसलमा बिक्री गरेको देखियो ।” उनले हत्या गरेकै दिन डगौराले सुन बिक्री गरेर धनगढीदेखि नेपालगञ्ज हुँदै मुम्बई बैङ्गलोर भागेको बताए । त्यस्तै, धनगढीका तीन पसलमा ४६ हजारको सुन बिक्री गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ भने वृद्धको हत्यापछि एक दशमलव ५० आनाको फुली, एक दशमलव ६९को मुन्द्रा र दुई दशमलव ७०० आनाको अर्र्कोे मुन्द्रा लुटपाट भएको थियो ।
त्यसैगरी, नारुदेवीको हत्यामा संलग्न महेश डगौरा, सुन बिक्री गर्न सहयोग पुगाउने लक्ष्मण चौधरी, नीरज भट्ट र सुन खरिद गर्ने इन्द्रबहादुर बराल, खगेन्द्र सोब र दीपेन्द्र सिजापतिलाई आज कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको छ भने सुनचाँदी पसलधनीले लक्ष्मण चौधरी र नीरज भट्टले आफूहरुसँग श्रीमती बिरामी भएकाले आफतमा सुन बिक्री गर्नुपरेको बताएका थिए । प्रहरी उपरीक्षक थापाले पाँच जनाविरुद्धमा फरक फरक मुद्दा आकर्षित हुने बताए । महेश डगौराका नाममा कर्तव्य ज्यान र लुटपाट, अन्य मतियार, सुन पसलधनी विरुद्धमा गैर कानुनी सुन खरिद बिक्रीको मुद्दा लगाउने तयारी गरेको प्रहरीले छ ।

प्रकाशित मिति: ७ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?