Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

नेपाली सेनाका रथी पाण्डे र ऊर्जा सचिव घिमिरेको राजीनामा स्वीकृत


काठमाडौं। सरकारले नेपाली सेनाको उपरथी ताराध्वज पाण्डे र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको राजीनामा स्वीकृत गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले उपरथी पाण्डेको राजीनामा गत कात्तिक २४ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् । त्यस्तै, उपरथी पाण्डेले व्यक्तिगत कारण दर्शाई आफ्नो पदबाट राजीनामा दिएका थिए । त्यस्तै, ऊर्जा सचिव घिमिरेले पनि व्यक्तिगत कारण देखाउँदै पदावधि सकिनु एक महिना अगावै राजिनामा दिएका हुन् ।

उक्त बैठकले विद्युतीय सुशासन आयोगको सदस्य पदमा कञ्चनपुरका पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शर्माले जानकारी दिइन् । सो बैठकले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीट्जरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रयाङ्क चार दशमलव ४६५ मिलियन (करिब रु ६५ करोड) अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको माग बमोजिम प्राविधिकसहितका चार जनशक्ति थप गर्ने निर्णय समेत गरेको जनाइएको छ ।


प्रकाशित मिति: ७ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?