Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको भीड


भक्तपुर। हरिबोधनी एकादशीका दिन आज भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित प्रसिद्ध चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । चारनारायणमध्येका जेठो नारायणका रुपमा पुजिँदै आएको चाँगुनारायण मन्दिरमा आज बिहान ४ बजेदेखि दर्शनार्थीको घुइँचो लागेको मन्दिरका मूल पूजारी चक्रधरानन्द राजोपाध्यायले जानकारी दिए । आजका दिनमा चार नारायणको दर्शन गरेमा पुण्य प्राप्त हुने र चिताएको फल प्राप्त हुने जनविश्वास रहेकाले भक्तजनले भक्तपुरको चाँगुनारायण, काठमाडौंको शेषनारायण, ईचंकुनारायण र ललितपुरको विशङ्खुनारायणको दर्शन गर्ने गर्दछन् । उक्त मेला व्यवस्थापन समितिका पदाधिकारीका अनुसार चार नारायणको दर्शन गर्दा जेठो नारायणको रुपमा मानिएको चाँगुनारायणको पहिला दर्शन गर्नसके उत्तम हुने मान्यता रहेकाले बिहान ४ बजेदेखि नै दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ भने सहज रुपमा दर्शन र पूजा गर्ने व्यवस्थाका लागि मन्दिरमा स्वयंसेवक एवं स्काउट र प्रहरी परिचालन गरिएको चाँगुनारायणका गोकर्ण पुरीले जानकारी दिए । उनका अनुसार आज बिहानैदेखि मन्दिर परिसरमा भक्तजनको घुइँचो लागेको छ ।

असाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवाण विष्णु आजै जागा हुनुहुने भएकाले यस दिनलाई हरिबोधनी एकादशीको रुपमा विशेष पूजाअर्चना गरेर मनाइने पूजारी राजोपाध्यायको भनाइ रहेको छ । “हरिशयनी एकादशीका दिन घरघरमा रोपिएको तुलसीको मठलाई आज परम्परा अनुसार सिगारेर पूजा गरी माला लगाएर विष्णुसँग विवाह गराइएको दिने गरिन्छ”, उनले भने, “आजको दिनमा व्रत बस्ने र चामलको परिकार खान नहुने परम्परा अनुसार पिँडालु र सख्खरखण्डको परिकार खाने प्रचलन छ ।” त्यसैगरी चाँगुनारायण नगरपालिकाल–५ छालिङ गोकुल गाउँस्थित प्रसिद्ध मच्छेनारायण मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । नारायणका पूजा एवं दर्शन गर्न व्रतालुको भीड लागेको गोकर्ण पुरीले जानकारी दिनुभयो ।


प्रकाशित मिति: ७ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?