Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
६ पुष २०८२, आईतवार
६ पुष २०८२, आईतवार

विद्युत् खरिद सम्झौताबारे सरकारले तत्काल निर्णय गर्छ : ऊर्जा मन्त्री बस्नेत


काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) खुलाउने विषयमा सरकार तत्काल निर्णय गर्ने स्थितिमा पुग्न लागेको बताएका छन् । ललितपुरमा आज सुरु भएको जलविद्युत् र दिगो विकाससँग सम्बन्धित क्षेत्रीय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री बस्नेतले आगामी १२ वर्षमा सरकारले २८ हजार मेगावाट विद्युत् उत्पादन तथा बिक्री वितरण गर्ने लक्ष्य राखेको उल्लेख गर्दै त्यसका लागि ट्रान्समिसन लाइनको व्यवस्था, विद्युत् वितरण प्रणालीलगायत कुरामा ध्यान दिन आवश्यक भएको बताएका छन् ।

उनले भने, ‘१२ वर्ष भित्रमा जुन विद्युत् उत्पादन गर्ने लक्ष्य राखेका छौँ, त्यसका लागि ट्रान्समिसन लाइनको व्यवस्था गर्नुपर्छ । त्यसका लागि वितरण प्रणाली र मार्केटको सुरक्षाका साथै लगानी आवश्यक रहेको कुरा ख्याल गरेका छौँ । लगानीमैत्री वातावरण बन्नुपर्छ भन्नेमा सरकार सजग छ । पीपीएको विषयमा हामी एउटा निर्णयमा पुग्दैछौं ।’ उनले नेपालको जलविद्युत् र ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण निर्माण गर्न सरकार सजग रहेको भन्दै तत्काल विद्युत् खरिद सम्झौता (पीपीए) बारे निर्णय गर्ने पनि बताउदै ऊर्जा क्षेत्रमा लगानी गर्न निजी क्षेत्र तथा राष्ट्रिय, अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान समेत गरेका छन् ।


प्रकाशित मिति: ७ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?