Trending
>>   आजको मौसम : गण्डकी र कोशीका केहि स्थानमा बर्षाको सम्भावना >>   आज मिति २०८१ साल कार्तिक २१ गते बुधबार, हेर्नुहोस आजको राशिफल >>   कारसहित पोखरीमा बेपत्ता दुई जनाको शव फेला >>   तामाकोशीमा एक युवक शुक्रबारदेखि बेपत्ता, एक जना पक्राउ >>   बेनी-जोमसोम सडक अवरुद्ध, यात्रा नगर्न आग्रह >>   कडा प्रतिस्पर्धा बीच अमेरिकी राष्ट्रपतिको निर्वाचन आज >>   सुरु भयो छठ पर्व, आज नहाय खाय >>   मौसम : यी प्रदेशमा आज मेघ गर्जन सहित वर्षाको सम्भावना,हिमाली भेगमा हिमपात हुने >>   आज मिति २०८१ साल कार्तिक २० गते मंगलबार, हेर्नुहोस आजको राशिफल >>   कांग्रेसको ‘युवा संकल्प यात्रा’ कात्तिक २३ गतेदेखि
Logo
२१ कार्तिक २०८१, बुधबार
२१ कार्तिक २०८१, बुधबार

पनौती–सम्पदा चिनाउन ‘पथ प्रदर्शक’


काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको पनौतीको थप प्रचार-प्रसार गर्न ‘पथ–प्रदर्शक’ प्रवर्धन गर्न स्थानीयस्तरबाटै प्रयास थालिएको छ । यसका लागि पनौती पर्यटन केन्द्रले पथ प्रदर्शक तयारी गर्ने उद्देश्यले पहिलो चरण २० युवालाई तालिमको सुरुआत गरेको छ । नगरको वडा नं ५, ६ र ७ मा एक सयभन्दा बढी ऐतिहासिक मठ–मन्दिर, पाटी–पौवा, डबली र सत्तल छन् । त्यसैगरी पनौतीमा रहेक इँटा र ढुङ्गाको महत्व रहेकाले सोहीअनुरुप ‘गाइड’ तयार पार्ने भएकाले यसले नेपालकै आन्तरिक पर्यटकसँगै भारत, चीन, फ्रान्स, बेलायत र अमेरिकाबाट आउने पर्यटकले पनौतीका बारेमा धेरैभन्दा धेरै कुरा थाहा पाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । पनौतीमा एक वर्षमा औसत १८ हजार पर्यटक आउने तथ्याङ्क रहेको छ भने बाहिरबाट आउने गाइडले पनौती चिनाउँदै आएकाले स्थानीयलाई तालिमको सुरुआत गरेको केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले बताएका छन् । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)को मापदण्डको पूर्ण पालना गर्न स्थानीय घरलाई सम्पदामैत्रीरुपमा निर्माण थालिएको छ भने सम्पदामैत्री घर बनाउनेलाई नगरले प्रोत्साहनस्वरुप रकमसमेत सहयोग गर्दै आएको छ । त्यस्तै, ऐतिहासिक एवं पुरातात्विक तथा संरक्षित स्मारक क्षेत्र पनौती युनेस्कोद्वारा २६ वर्षअघि प्रस्ताव गरिएको क्षेत्र हो । यस्तै पनौती नगरको संरक्षित क्षेत्रअन्तर्गत ऐतिहासिक पनौती सहरमा पुरातत्व विभागले दिएको मापदण्डअनुसार सार्वजनिक बाटो, गल्ली र चोकतर्फ मोहडा फर्किएको पुरानो शैलीको घर बनाउनेलाई प्रोत्सहानस्वरुप आर्थिक सहयोग दिन थालको नगरले जनाएको छ ।

त्यसैगरी संरक्षित क्षेत्रअन्तर्गत हाल सम्पदामैत्री घर बनाउने सूचीकृत सङ्ख्या ८९ पुगेको छ । हालसम्म ११ घरलाई रु ९९ हजारदेखि रु तीन लाख ७८ हजारसम्म प्रोत्सहन रकम प्रदान गरिएको नगरले जनाएको छ भने सो पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन २०३१ अनुसार २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा समेत गरिसकेको छ । पनौती सङ्घीय राजधानी काठमाडौंबाट पूर्वतर्फ २५ किलोमिटरको व्यापारिक नगर बनेपाबाट छ किलोमिटर दक्षिणमा पर्दछ । सरकारले हालसम्म पनौतीसहित १५ ऐतिहासिक एवं पर्यटकीयस्थललाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोसमक्ष प्रस्ताव गरेको छ भने पनौती ऐतिहासिक, पर्यटकीय एवं पुरातात्विक सम्पदा क्षेत्र हो । यस हिसाबले पनौतीका हरेक टोल, चोक र मन्दिर पुरातात्विकरुपमा महत्वपुर्ण रहेका छन् ।


प्रकाशित मिति: ७ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?