Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

पूर्वी नेपालका सीमा नाकामा कडाइ


विराटनगर । स्थानीय प्रशासनले भारतसँग जोडिएका तीन जिल्लाको नाकामा सतर्कता बढाएको छ । झापा, मोरङ र सुनसरीको सीमावर्ती क्षेत्रमा कडाइ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । त्यस्तै, मुस्लिम समुदायले गर्ने भनेको धार्मिक सभा स्थगित भए पनि सभाका लागि भन्दै भारतबाट नेपाल आउनेक्रम नरोकिएपछि प्रहरीले नाकामा सतर्कता बढाएको हो भने धार्मिक सभाका लागि भन्दै नेपाल आउन खोज्नेहरुलाई प्रहरीले नाकाबाटै उतै फर्काइरहेको छ । सुनसरीको इटहरीस्थित खनारमा मंसिर ५ देखि ७ र दुहवीमा ७ देखि ९ गतेसम्म मुस्लिम धर्म सभा ‘इज्तेमा’ गर्ने तयारी थियो । उक्त कार्यक्रमका लागि अस्थायी टहरा निर्माण गरिएको थियो, तर प्रशासनले अनुमति नदिएपछि सभा स्थगित भएको छ । त्यसैगरी मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार धार्मिक सभाका लागि भारतबाट आएकाहरुलाई सीमावर्ती रानी नाकाबाट भारत नै फर्काइएको छ । धार्मिक सभा अवधिभरको समयलाई नेपाल प्रवेश गर्न नदिएको उनले बताए । ‘सुनसरीमा हुने सभाका लागि भारतबाट आउनेहरुलाई नाकाबाट फर्काइरहेका छौं,’ उनले भने, ‘नाकामा सतर्कता बढाएका छौं ।’ अन्य कामका लागि आउजाउ गर्नेलाई भने रोकावट नरहेको उनले बताए ।

कोशी प्रदेश सांसद तथा मुस्लिम अगुवा इस्राइल मन्सुरी देशको पछिल्लो परिस्थिति र प्रशासनको आग्रहपछि अहिलेलाई सभा स्थगित गरिएको बताएका छन् । उनका अनुसार धार्मिक सभाका लागि विदेशबाट केही धर्मगुरुहरु आइसकेका थिए । ती धर्मगुरुहरु सभा स्थगित भएकाले अब फर्किने उनले बताए । प्रहरी स्रोतका अनुसार पाकिस्तानबाट १५ जनाको टोली र बंगलादेशबाट आठ जनाको टोली नेपाल आएको थियो ।

 


प्रकाशित मिति: ७ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?