Trending
>>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

नेपालगञ्ज म्याराथनको नवौँ संस्करण हुँदै


राँझा,बाँके। बाँकेमा विस्तृत शान्ति सम्झौताको सम्झनामा हुँदै आएको ‘नेपालगञ्ज म्याराथन’को नवौँ संस्करणको तयारी गरिएको छ । यही मङ्सिर ९ गते हुने उक्त म्याराथनमा १४ विधामा प्रतिस्पर्धा हुने नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टिएस ठकुरीले जानकारी दिएका छन् । “एशोसियशन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स) बाट मान्यता प्राप्त म्याराथनलाई अझ भब्य बनाउन चार विधा थपेर १४ पुर्‍याइएको छ”, उनले भने, “स्कुल स्तरियअन्तर्गत कक्षा ६ देखि ८ तथा ९ देखि १२ कक्षासम्मका लागि जिल्ला बाह्य र जिल्लाका गरी अलग अलग प्रतिस्पर्धा राखिएको छ ।” त्यसैगरी, ठकुरीका अनुसार, पुरुषतर्फ म्याराथन (४२ दशमलव १९५ किमि), महिलातर्फ हाम म्याराथन (२१ किमि), १० किमी खुल्लामा पुरुष र महिला, पाँच किमी स्कुलस्तरीय छात्र एवं छात्रा, किड्स रन (८ देखि १२ वर्षसम्म) तथा पाँच किमीका कर्पोरेट रन, ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौडमा बाँके र बाह्य जिल्लालाई छुट्याइएको उनले जानकारी दिए भने बाँके जिल्लाको हकमा कक्षा ६ देखि ८ तथा ९ देखि १२ कक्षासम्मको अलगअलग पाँच किमी छुट्याइएको उनले बताए ।

त्यसैगरी आयोजक क्रियटिभ ह्याण्डसले यस वर्षको म्याराथनमा नगद पुरस्कार राशिमा वृद्धि गर्ने जनाएको छ । उक्त संस्थाका अध्यक्ष ठकुरीले यसपाली सरप्राइज प्याकेज पनि घोषणा गर्ने बताए । सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्रद्वन्द्व विधिवत् अन्त्य गर्ने गरी मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगञ्ज म्याराथन आयोजना गर्ने गरिएको छ भने म्याराथनको अघिल्लो दिन नेपालगञ्ज सम्मेलन (कनक्लेभ) आयोजना गर्ने तयारी भएको ठकुरीले जानकारी दिनुभयो । उक्त सम्मेलनमा खेल पर्यटन, युवा उद्यम, महिला सशक्तिकरण, साहित्य र स्वदेशमै रोजगारीलगायत मुद्दामा छलफल हुने उनले बताए ।


प्रकाशित मिति: ६ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?