Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

नेपालगञ्ज म्याराथनको नवौँ संस्करण हुँदै


राँझा,बाँके। बाँकेमा विस्तृत शान्ति सम्झौताको सम्झनामा हुँदै आएको ‘नेपालगञ्ज म्याराथन’को नवौँ संस्करणको तयारी गरिएको छ । यही मङ्सिर ९ गते हुने उक्त म्याराथनमा १४ विधामा प्रतिस्पर्धा हुने नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टिएस ठकुरीले जानकारी दिएका छन् । “एशोसियशन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स) बाट मान्यता प्राप्त म्याराथनलाई अझ भब्य बनाउन चार विधा थपेर १४ पुर्‍याइएको छ”, उनले भने, “स्कुल स्तरियअन्तर्गत कक्षा ६ देखि ८ तथा ९ देखि १२ कक्षासम्मका लागि जिल्ला बाह्य र जिल्लाका गरी अलग अलग प्रतिस्पर्धा राखिएको छ ।” त्यसैगरी, ठकुरीका अनुसार, पुरुषतर्फ म्याराथन (४२ दशमलव १९५ किमि), महिलातर्फ हाम म्याराथन (२१ किमि), १० किमी खुल्लामा पुरुष र महिला, पाँच किमी स्कुलस्तरीय छात्र एवं छात्रा, किड्स रन (८ देखि १२ वर्षसम्म) तथा पाँच किमीका कर्पोरेट रन, ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौडमा बाँके र बाह्य जिल्लालाई छुट्याइएको उनले जानकारी दिए भने बाँके जिल्लाको हकमा कक्षा ६ देखि ८ तथा ९ देखि १२ कक्षासम्मको अलगअलग पाँच किमी छुट्याइएको उनले बताए ।

त्यसैगरी आयोजक क्रियटिभ ह्याण्डसले यस वर्षको म्याराथनमा नगद पुरस्कार राशिमा वृद्धि गर्ने जनाएको छ । उक्त संस्थाका अध्यक्ष ठकुरीले यसपाली सरप्राइज प्याकेज पनि घोषणा गर्ने बताए । सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्रद्वन्द्व विधिवत् अन्त्य गर्ने गरी मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगञ्ज म्याराथन आयोजना गर्ने गरिएको छ भने म्याराथनको अघिल्लो दिन नेपालगञ्ज सम्मेलन (कनक्लेभ) आयोजना गर्ने तयारी भएको ठकुरीले जानकारी दिनुभयो । उक्त सम्मेलनमा खेल पर्यटन, युवा उद्यम, महिला सशक्तिकरण, साहित्य र स्वदेशमै रोजगारीलगायत मुद्दामा छलफल हुने उनले बताए ।


प्रकाशित मिति: ६ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?