Trending
>>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

चितवनको रामपुरमा कृषि वैज्ञानिक सम्मेलन


भरतपुर। चितवनको रामपुरमा हुने पहिलो कृषि वैज्ञानिक सम्मेलनको तयारी पूरा भएको छ । बिहीबारदेखि सुरु हुने सो सम्मेलनमा स्वदेश तथा विदेशका कृषि वैज्ञानिकहरु सहभागी हुने कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरद्वारा आज भरतपुरमा आयोजित पत्रकार सम्मेलन जानकारी दिइयो । त्यस्तै, पहिलो स्नातक कार्यशाला (फस्ट ग्राजुएट कन्फ्रेन्स) यही मङ्सिर ७ देखि ९ गतेसम्म रामपुरमा हुन लागेको हो । कृषि विश्वविद्यालयका अनुसन्धानका उपलब्धिहरुलाई प्राज्ञिक एवं सरोकारवाला समुदायहरुमा सुसूचित गर्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको सम्मलेनका संयोजक डा. ऋषिराम कट्टेलले जानकारी दिए । त्यसैगरी शिक्षा तथा अनुसन्धानद्वारा कृषिमा रुपान्तरण गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको उनको भनाइ रहेको छ । सो सम्मेलनमा विभिन्न विषयमा समूहगत छलफल, विद्यार्थी, प्राध्यापक तथा नीति निर्माताहरुद्वारा कृषि, वन, पशुपालन, भेटेरिनरी र मत्स्यसँग सम्बन्धित अनुसन्धान र त्यसको नतिजासम्बन्धी एक सय हाराहारीमा कार्यपत्र प्रस्तुत गरिने छ भने जलवायु परिवर्तन र त्यसको वैज्ञानिक व्यवस्थापनसम्बन्धी विशेष कार्यपत्रहरु सम्मेलनमा प्रस्तुत गरिने छ ।

त्यस्तै, जापान, ताइवान, नेदरल्यान्ड र भारतका १० वैज्ञानिकसहित तीन सयभन्दा बढीको सहभागिता रहने कार्यक्रम संयोजक कट्टेलले बताए । सम्मेलनको निष्कर्षले विश्वविद्यालयले आगामी दिनमा हुने अनुसन्धानको बाटो तय गर्ने अपेक्षा लिइएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयले सन् २०१३ बाट पठनपाठन सुरुआत गरेको हो । अहिलेसम्म करिब पाँच हजार विद्यार्थीले अध्ययन पूरा गरेका छन् भने उक्त कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक, कर्मचारी तथा विद्यार्थी आयोजकका रहनेछन् । सम्मेलनमा उत्कृष्ट कार्यपत्रलाई पुरस्कारको समेत व्यवस्था गरिएको उनले जानकारी दिए ।


प्रकाशित मिति: ६ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?