Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

रेनुलाई बदनाम गरेको आरोपमा रास्वपाका दुई कार्यकर्ता प्रहरी नियन्त्रणमा


काठमाडौं।  राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई सामाजिक सञ्जालमानमार्फत बदनाम गराउन खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले मंगलवार साँझ उपेन्द्र देवकोटा र शिव शर्मालाई नियन्त्रणमा लिएको हो । त्यस्तै, महानगर प्रमुख दाहाल र पत्रकार सन्तोष देउजाको फोटो सामाजिक सञ्जालमा राखेर बदनाम गराउन खोजेको आरोपमा मौखिक उजुरी परेपछि उनीहरूलाई पक्राउ गरिएको चितवन प्रहरी स्रोतले जनाएको छ । शर्माले दाहाल र देउजाको फोटो राखेर रास्वपाका सभापति रवि लामिछानेको खेदो खनेको भन्दै पत्रकार देउजालाई धम्की समेत दिएका थिए । उनले महानगर प्रमुख दाहाल र पत्रकार देउजाको तस्बिर तोडमोड गरी सामाजिक सञ्जाल मार्फत बदनाम गरेका थिए भने देवकोटाले सोही पोष्टलाई सेयर गरेका थिए । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: ६ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?