Trending
>>   पाकिस्तानमा भएकोे साम्प्रदायिक झडपमा ८८ जनाको मृत्यु >>   कृषिमा आमूल परिवर्तन ल्याउन समय र रणनीति आवश्यक : मन्त्री अधिकारी >>   लेबनानमा इजरायली हवाई आक्रमणबाट ३४ जनाको मृत्यु, ८० घाइते >>   मेडिकल व्यवसायी दुर्गा प्रसाईँ प्रहरी वृत्त सिंहदरबारको हिरासतमा फिर्ता >>   हनी ट्र्याप घटनामा इन्स्पेक्टरसहित ६ जनाविरूद्ध मुद्दा >>   कांग्रेस-एमाले गठबन्धन अर्को निर्वाचनसम्म रहन्छ : प्रकाश शरण महत >>   देशमा पश्चिमी वायुको सामान्य प्रभावः तीन प्रदेशमा पानी पर्ने सम्भावना >>   आज मिति २०८१ साल मङ्सिर ११ गते मंगलबार,हेर्नुहोस आजको राशिफल >>   शहीदहरुको सपना पूरा गर्न काँग्रेस सधैं लाग्छ : देउवा >>   राष्ट्रिय शहरी नीतिलाई मूर्त रुप दिन तदारुकताका साथ काम गर्दैछौंः उपप्रधानमन्त्री सिंह
Logo
११ मंसिर २०८१, मंगलवार
११ मंसिर २०८१, मंगलवार

समृद्धिका पक्षमा गृह मन्त्रालयको सार्थक पहल : प्रधानमन्त्री दाहाल


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा गृह मन्त्रालयले सार्थक पहल लिएको बतयेका छन् । गृह प्रशासनको नीतिगत सुधारबारे सुझाव पेस गर्न गठित अध्ययन समिति र उपसमितिका संयोजक तथा सदस्यहरुसँग आज भएको भेटघाटमा उनले समितिबाट प्रशासन तथा सुरक्षा सुधारको आवश्यकता र प्राथमिकता किटेर सुझाव आउने अपेक्षा गरे । सुझावले सिङ्गो सरकारलाई नै प्राथमिकता निर्माणमा सहयोग पुर्‍याउने अपेक्षा रहेको प्रधानमन्त्री प्रचण्डले बताए । त्यस्तै, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायकाजी श्रेष्ठ सहितको उक्त भेटघाटमा गृह प्रशासनलाई सबल तथा सक्षम बनाउन, जनताको सुरक्षाको निश्चितता गर्न र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सुधारका क्षेत्र तथा कार्ययोजनाबारे छलफल भएको थियो भने उपप्रधानमन्त्री श्रेष्ठले सरकार गठन हुनेबित्तिकैको संसद्को बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारका प्राथमिकताको चर्चा गरेका र सोही उद्देश्य पूरा गर्न सुधारको पहल गरिएको जानकारी दिए । त्यसैगरी, अध्ययन समितिका संयोजक पूर्वमुख्यसचिव लीलामणि पौडेलले एउटा समस्या सुधारेर अर्को समस्यामा हात हाल्नेभन्दा पनि हरेक समस्याको सुधारमा उत्तिकै केन्द्रित हुनुपर्छ भने । उनले यसका लागि गृह मन्त्रालय र सबै मन्त्रालयले ध्यान दिनुपर्छ भने ।

त्यसैगरी समिति र उपसमितिहरुमा प्रशासन सुधारका पक्षमा योगदान दिएका व्यक्तित्वहरू संयोजक र सदस्य छन् । उनीहरूले तलब, भत्ता नलिएरै स्वयम्सेवकका रुपमा काम गर्ने बताएका छन् । “अध्ययन वा सुझाव समितिप्रति मानिसमा गहिरो अविश्वास छ, तर हामी स्वयम्सेवीका रुपमा खट्नेछौँ र आफ्ना अनुभव र नयाँ प्राथमिकताबारे निष्कर्ष दिनेछौँ,” संयोजक पौडेलले भने, “हामीलाई जुन विश्वास गरेका छन्, प्रतिवेदन कार्यान्वयन हुने अपेक्षासमेत गर्दछौँ ।” गृहको समग्र प्रशासन, सेवा तथा सुरक्षा सुधार अध्ययनका लागि मूल समिति र नेपाल प्रहरी, सशस्त्र प्रहरी, अध्यागमन व्यवस्थापन, कारागार व्यवस्थापन तथा स्थानीय प्रशासन र सेवा प्रवाहसहित पाँच विषयगत उपसमितिहरू बनेका छन् ।


प्रकाशित मिति: ६ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?