Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

बैतडीका शक्तिपीठमा जात्राको रौनक


बैतडी। बैतडीका शक्तिपीठमा जात्राको रौनक छाएको छ । जात्राकै लागि यहाँका चारवटा स्थानीय तहमा सार्वजनिक बिदा दिइएको छ भने स्थानीय शक्तिपीठमा जात्रा रहेकाले पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, डिलासैनी गाउँपालिका र दशरथचन्द नगरपालिकामा सार्वजनिक बिदा दिइएको हो । त्यस्तै, पाटन नगरपालिका–२ स्थित प्रसिद्ध महारुद्र धाममा लागेको जात्राका अवसरमा सार्वजनिक बिदा दिइएको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले बताए । नगरपालिका क्षेत्रभित्रका सबै सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्थालगायत बन्द रहने छन् भने महारुद्र जात्रामा स्थानीयको सहभागिता रहने र यो क्षेत्रको मुख्य धार्मिकस्थल भएकाले बिदा दिइएको नगरपालिकाले जनाएको छ । त्यस्तै, शिवनाथ गाउँपालिकामा पनि आज सार्वजनिक बिदा दिइएको छ । प्रसिद्ध शिवनाथधामको जात्राका अवसरमा सोमबार र मङ्गलबार दुई दिन सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए ।

शिवनाथ जात्रामा स्थानीयको उल्लासमय सहभागिता रहने भएकाले पालिकाले दुई दिन सार्वजनिक बिदा दिएको जनाएको छ भने शिवनाथ धामको जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीसमेत आउने गरेका छन् । यसैगरी डिलासैनी गाउँपालिकाले पनि आज सार्वजनिक बिदा दिएको छ । गाउँपालिका–५ स्थित प्रसिद्ध कफलासैनी भगवती मन्दिरमा लाग्ने जात्राका अवसरमा बिदा दिइएको गाउँपालिका प्रवक्ता यज्ञराज भट्टले बताए । त्यस्तै, कफलासैनी यो क्षेत्रको मुख्य शक्तिपीठ हो । दशरथचन्द नगरपालिकाले नगर क्षेत्रभित्र बुधबार सार्वजनिक बिदा दिएको छ भने दशरथचन्द–८ स्थित प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने जात्राका अवसरमा बिदा दिइएको नगरपालिकाले जनाएको छ ।


प्रकाशित मिति: ५ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?