Trending
>>   देशलाई सङ्कट पर्दा सबै एक ठाउँमा आएर निकास दिनु सबैको कर्तव्यः मन्त्री ठकुरी >>   नक्कली महानगरलाई सक्कली महानगर यातायातको चेतावनीः नाम र डिजाइन तत्काल हटाउनूस् >>   उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक सम्पन्न, असार दोस्रो साता पूर्ण बैठक बस्ने >>   नेपालमा सञ्चार क्षेत्र समावेशिताको उत्कृष्ट उदाहरणः मन्त्री गुरुङ >>   कर्मचारीहरूलाई असिमित अवधिसम्म कामकाजमा खटाउने कार्य बन्द हुने >>   पुल सुधार तथा मर्मत कार्यक्रमका लागि २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण… >>   बैंकमा निक्षेप बढेको बढ्यै, एकैदिन ९० अर्ब खिच्दै राष्ट्र बैंक >>   सुनचाँदी कारोबारलाई नियमन गर्ने सरकारी निकाय छैनः अध्यक्ष महर्जन >>   असार ५ गते काँग्रेसका केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरु बन्द हुने >>   एमाले नेतृत्वको सामर्थ्यमा प्रश्न छैन तर कार्यकर्तामा उत्साहको कमी देखिन्छः अर्थमन्त्री पौडेल
Logo
४ असार २०८२, बुधबार
४ असार २०८२, बुधबार

सामाजिक सञ्जालमा दुरुपयोग बढेको छ : मन्त्री शर्मा


२४ ,कात्तिक ,पाटन (ललितपुर) । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाल दुरुपयोग हुँदा कुलत बढेको बताएकि छन् ।

ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित फूलचोकी माध्यमिक विद्यालयका संस्थापक अध्यक्ष दिलबहादुर श्रेष्ठ, सदस्यहरु वुद्धिबहादुर श्रेष्ठ, हरिबहादुर मुल्मी, न्हुच्छेदास नापित र कृष्णबहादुर श्रेष्ठको सालिक अनावरण तथा विद्यालय स्मारिका लोकार्पण कार्यक्रममा मन्त्री शर्माले सूचना र प्रविधिको ठीक तरिकाले प्रयोग गर्न सकेनौँ भने गुणात्मक विकास गर्न सक्दैनौँ भनिन् ।

“वर्तमान युग सूचना प्रविधिको हो । सामाजिक सञ्जालको ठीक प्रयोग गर्न सक्दा आयआर्जन गर्न सकिन्छ । सूचना र प्रविधिको ठीक तरिकाले प्रयोग गर्न सकेनौँ भने गुणात्मक विकास गर्न सक्दैनौँ । सामाजिक सञ्जालको दुरुपयोग बढेको छ । बालबालिका त्यसको सिकार भएका छन्, यही कुरालाई ध्यान दिएर सामाजिक सद्भाव कायम राख्नका लागि सामाजिक सञ्जाललाई व्यवस्थित गर्न मन्त्रिपरिषद्ले निर्देशिका पारित गरिसकेको छ”, मन्त्री शर्माले भनिन् ।

विद्यालयलाई आवश्यक पर्ने पूर्वाधार निर्माणका लागि र शिक्षा क्षेत्रको विकासका लागि आवश्यक सहजीकरण समन्वय गर्न तयार रहेको बताउँदै मन्त्री शर्माले प्रविधिको क्षेत्रमा गर्नुपर्ने कामका लागि प्रस्ताव लिएर आउन आग्रह गरिन् ।

संविधानले १२ कक्षासम्मको शिक्षालाई निःशुल्क र आधारभूत शिक्षाको रुपमा परिभाषित गरेको बताउँदै मन्त्री शर्माले सामुदायिक विद्यालयको स्तरोन्नति गर्दै सबैलाई गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने अवसर सृजना गर्न सबै मिलेर लाग्नुपर्ने बताईन् ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले २०७४ मा निर्वाचित भएर आउँदा सामुदायिक विद्यालयको अवस्था नाजुक रहेको सम्झना गर्दै अनुदान दिएर सामुदायिक विद्यालयको स्तरोन्नति गरेर नतिजामा सुधार ल्याउन प्रयास गरेको बताए ।

“विसं २०७४ मा निर्वाचित भएर आउँदा सामुदायिक विद्यालयको अवस्था नाजुक थियो । हामीले स्थानीय तहबाट अनुदान दिएर सामुदायिक विद्यालयको स्तरोन्नति गर्नुपर्छ भन्ने उद्देश्यका साथ नगरपालिकाभित्रका सबै विद्यालयलाई सुधार गर्न लाग्यौँ, जसले सुधार आउन थाल्यो । अहिले पनि नतिजामा सुधार भइरहेको छ”, नगरप्रमुख महर्जनले भने ।

गुणस्तरीय शिक्षा दिइरहेको अवस्थामा नगरपालिकाभित्रका विद्यालयमा पूर्वाधारको अवस्था सुधार गर्नुपर्ने आवश्यक रहेको उल्लेख गर्दै प्रमुख महर्जनले पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षक र अभिभावकको चासो बढेको प्रष्ट पारे ।

विद्यालयका प्रधानाध्यापक गोपालकुमार पाण्डेले विसं २०१६ वैशाख २५ गते स्थापित विद्यालयले २०४२ देखि एसएलसीमा सहभागी भएको जनाउँदै आफू २८ वर्षदेखि कार्यरत रहेर विद्यालयको शैक्षिकस्तर अभिवृद्धिमा निरन्तर लागि परेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र श्रेष्ठले संस्थापकको सालिक स्थापना गरेर योगदानको सम्मान गर्ने परम्परा स्थापित गर्न चाहेको बताए ।


प्रकाशित मिति: २४ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?