Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

प्रधानमन्त्री दाहालद्वारा थवाङ खोलामा निर्मित पक्की पुलको उद्घाटन


रोल्पा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पाको थवाङ गाउँपालिकास्थित थवाङ खोला पक्की पुलको आज उद्घाटन गरेका छन् । उक्त पुलको लम्बाइ एक सय ६९ मिटर रहेको छ भने सो अवसरमा उनले सहिदमार्ग कालोपत्र, थवाङमा फलफूल र जडीबुटी परियोजना र रोल्पाका सबै स्थानमा विद्युत् सेवा विस्तार गरिने जानकारी समेत दिए । प्रधानमन्त्री दाहालले आज नै थवाङमा आयोजित गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै फुट र विभाजनका कारण माओवादी शक्ति केही कमजोर भएको जनाउँदै यसलाई शक्तिशाली बनाउन एकीकरण र ध्रुवीकरणको प्रक्रिया सुरु भएको बताए । उनले भने , “माओवादी धारको एकीकरण यथाशीघ्र हुन्छ । पार्टी एकताका लागि विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीसँग निकटता रहेकाले यसले यथाशीघ्र मूर्तरुप लिन्छ ।” प्रधानमन्त्री दाहालले रोल्पा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ ।


प्रकाशित मिति: २४ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?