Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

आज धनतेरस पर्व मनाईदै


काठमाडौं। आज धनतेरस पर्व मनाईदै छ । हिन्दु पञ्चाङ्गका अनुसार प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका दिन धनतेरस पर्व मनाइन्छ । यसलाई धनसँग सम्बन्धित पर्वको रूपमा लिइन्छ । यस दिन सुनचाँदी लगायतका धातुका सामग्रीहरू खरिद गर्दा धन लाभ हुने विश्वास गरिन्छ भने धनतेरसको दिन सुनचाँदी लगायतका सामग्रीहरू नै खरिद गर्नुलाई शुभ मानिन्छ । त्यस्तै, आज सुन, चाँदी, तामा, पाला, गणेश लक्ष्मीको मूर्ति, आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखिँदै छ । यसरी ल्याइएको भाँडाकुँडामा कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ । यसरी पूजा आराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दु धार्मिक विश्वास छ । धनतेरसका दिन सुनचाँदीको गहना किनेर ल्याउने प्रचलनसमेत छ ।

यदि सुनचाँदी किन्ने पर्याप्त पैसा छैन भने सुन चाँदीको सिक्का किनेर लक्ष्मी पूजाको दिन पूजा गर्नाले घरमा सुख शान्ति र वैभव प्राप्त हुने विश्वास गरिन्छ भने धनतेरसका दिनमा मानिसहरूले चाँदीका सिक्का, पाला, गणेश लक्ष्मीको मूर्ति, भाँडाकुँडा, चाँदी, तामा, फलाम तथा माटोका भाँडाकुँडा, घण्ट, धन यन्त्र, श्रीयन्त्र लगायत खरिद गर्ने गर्छन् । यस्ता सामान खरिद गर्नाले माता लक्ष्मी प्रशन्न हुने र सदा धन वर्षा गरिदिने तथा सम्पूर्ण परिवारको सुख शान्ति र स्वास्थ्य हुने धार्मिक मान्यता छ । यसो गर्दा माता लक्ष्मी तथा कुबेर प्रशन्न हुने र धन वर्षा हुने जनविश्वास रहँदै आएको छ । आज धनका अधिपति कुबेरको जन्मदिन हो भन्ने शास्त्रीय एवं पौराणिक मान्यताका आधारमा विशेष पूजा आराधनासमेत गरिन्छ भने केहीले आज कुबेरको पूजा आराधना गरे पनि केहीले भने लक्ष्मीपूजाकै दिन कुबेरको पूजा आराधना गर्छन् ।

त्यस्तै, रीतिरिवाज र परम्परासँग जोडिन पुगेको यो ‘धनतेरस’ पर्व आर्थिक लगानीको सुरक्षणसँग पनि सम्बन्धित छ । यसले आर्थिक हैसियत र क्षमतालाई पनि प्रदर्शन गरिरहेको छ । यस पर्वलाई उच्च, मध्यम र निम्न वर्गले आ-आफ्नो हैसियतका आधारमा मनाउने गर्छन् । उच्च वर्गले यी दिन विभिन्न विलासीका वस्तुहरू पनि किन्ने गर्छन् भने मध्यम र निम्न वर्गले पर्वलाई टार्ने गरी आवश्यकता अनुसार मात्रै सामानहरू खरिद गर्ने गर्छन् । त्यस्तै, दीपावली, तिहार, यमपञ्चक जस्ता नामले परिचित यो पर्व नेपालीले मनाउने दसैँपछिको दोस्रो ठूलो चाड हो । आजदेखि विधिवत् रूपमा कार्तिक शुक्ल द्वितीयासम्म घर, व्यापारिक प्रतिष्ठानलगायत स्थानमा झिलिमिली बत्ती बालेर दीपावली गरिन्छ ।


प्रकाशित मिति: २४ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?