Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

एन्फा अध्यक्ष नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव फेल


काठमाडौं। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को विशेष साधारण सभामा अध्यक्ष पङ्कज विक्रम नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव फेल भएको छ । हेटौँडामा सम्पन्न विशेष साधारण सभामा अध्यक्ष नेम्वाङ विरुद्ध भएको मतदानमा नेम्वाङले जित दर्ता गर्दै प्रस्तावलाई फेल गराइदिएका हुन् । गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्ती माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए, तर अध्यक्षलाई मात्र प्रस्ताव राख्नमिल्ने व्यवस्थाको कारण एकमात्र अजेण्डा साधरणसभामा पेस भएको थियो । त्यसैगरी, कुल ८७ जना मतदातामध्ये प्रस्तावको पक्षमा शून्य मत र विपक्षमा अर्थात् अध्यक्ष नहटाउने पक्षमा ५२ मत प्राप्त भएसँगै अध्यक्ष नेम्वाङको अध्यक्ष पद जोगिएको छ । त्यस्तै, एक मत बदर भएको छ भने मतदान प्रक्रियामा ५३ जनामात्र सहभागी भए प्रस्ताव गर्ने मध्येकै ३४ जनाले मतदान बहिष्कार गरेका छन् । त्यसैगरी, गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्ती माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए, तर अध्यक्षलाई मात्र प्रस्ताव राख्नमिल्ने व्यवस्थाको कारण एकमात्र अजेण्डा साधरणसभामा पेस भएको थियो ।


प्रकाशित मिति: २३ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?