Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

भूकम्पपीडितलाई तत्काल राहत वितरण हुनुपर्छ: खनाल


काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितहरुले राहत नपाएको भन्दै तत्काल राहत उपलब्ध गराउन सरकारलाई आग्रह गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले एकद्वार प्रणालीबाट उद्धार र सेवा कार्य गर्ने भने पनि राहत वितरणमा ढिलासुस्ती भइरहेको भन्दै सरकारको आलोचना समेत गरे । उनले भने, ‘पश्चिम नेपालमा भूकम्पको दर्दनाक अवस्था छ । यसले सिङ्गो देशलाई अत्यन्त पाठ सिकाएको छ । त्यहाँ जुन प्रकारको जनधनको क्षति भएको छ । एक हप्ता पुग्न लागेको छ। सरकारले जुन एकद्वार प्रणालीबाट त्यहाँ उद्धार र सेवा कार्य गर्ने भनेको छ, तर आजसम्म पनि सामान्य भन्दा सामान्य सुत्केरीले पनि पालसम्म पाएका छैनन् । यो यदि सत्य हो भने दर्दनाक कुरा हो, दुःखद कुरा हो । सरकार किन ढिला भइरहेको छ । यस्तो इमर्जेन्सी कुरामा सरकारले जुन प्रकारको ढिलाइ गरेको छ। यो अत्यन्त आपत्तिजनक कुरा छ ।

उनले महिला, वृद्धवृद्धा र बालबालिकाले राहत तथा खानपिन नपाएको भन्दै त्यसतर्फ सचेत रहन आग्रह गरे । उनले सुत्केरी महिलाले त्रिपालसम्म नपाएको गुनासो आइरहेको भन्दै सरकार गम्भीर बन्नुपर्नेमा जोड दिदै राहत वितरणमा सरकारले देखाएको ढिलासुस्ती आपत्तिजनक रहेको बताएका छन् । त्यसैगरी, पूर्व प्रधानमन्त्री खनालले नेपाल भूकम्पको जोखिममा रहेको उल्लेख गर्दै सरकारले आवश्यक पूर्व योजनाका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।


प्रकाशित मिति: २३ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?