Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२७ मंसिर २०८२, शनिबार
२७ मंसिर २०८२, शनिबार

एघारौँ शताब्दीमा बनेको हल्जी थुप्देन रिन्जिलिङ गुम्बाको मर्मत


सिमकोट,हुम्ला। हुम्लाको नाम्खा गाउँपालिका–६ हल्जी गाउँमा एघारौँ शताब्दीमा निर्माण भएको हल्जी थुप्देन रिन्जिलिङ गुम्बाको मर्मत कार्य पूरा भएको छ । जीर्ण अवस्थामा रहेको ऐतिहासिक गुम्बाकोे तीन वर्ष लगाएर मर्मत पूरा भएको हो । त्यस्तै, लिमीका वडाध्यक्ष पाल्जोर तामाङले धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पुरानो कलाले भरिएको गुम्बाको मर्मत पूरा भएको जानकारी दिदै उक्त गुम्बा मर्मत गर्न पुरातत्व विभाग, प्रदेश सरकार र गाउँपालिकाको झण्डै रु एक करोड खर्च भएको उनले बताए । त्यसैगरी बहुमूल्य मूर्ति भएको गुम्बा मर्मतपछि पुरानै स्वरुपमा परिणत भएको वडाध्यक्ष तामाङले बताएका छन् । गुम्बाको केही पुरानो भागलाई मर्मत गरिएको छ भने केही नयाँ संरचनासमेत तयार पारिएको छ । सो गुम्बा रहेको क्षेत्रमा अतिथिगृह पनि निर्माण गरिएको छ ।


प्रकाशित मिति: २३ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?