Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

एघारौँ शताब्दीमा बनेको हल्जी थुप्देन रिन्जिलिङ गुम्बाको मर्मत


सिमकोट,हुम्ला। हुम्लाको नाम्खा गाउँपालिका–६ हल्जी गाउँमा एघारौँ शताब्दीमा निर्माण भएको हल्जी थुप्देन रिन्जिलिङ गुम्बाको मर्मत कार्य पूरा भएको छ । जीर्ण अवस्थामा रहेको ऐतिहासिक गुम्बाकोे तीन वर्ष लगाएर मर्मत पूरा भएको हो । त्यस्तै, लिमीका वडाध्यक्ष पाल्जोर तामाङले धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पुरानो कलाले भरिएको गुम्बाको मर्मत पूरा भएको जानकारी दिदै उक्त गुम्बा मर्मत गर्न पुरातत्व विभाग, प्रदेश सरकार र गाउँपालिकाको झण्डै रु एक करोड खर्च भएको उनले बताए । त्यसैगरी बहुमूल्य मूर्ति भएको गुम्बा मर्मतपछि पुरानै स्वरुपमा परिणत भएको वडाध्यक्ष तामाङले बताएका छन् । गुम्बाको केही पुरानो भागलाई मर्मत गरिएको छ भने केही नयाँ संरचनासमेत तयार पारिएको छ । सो गुम्बा रहेको क्षेत्रमा अतिथिगृह पनि निर्माण गरिएको छ ।


प्रकाशित मिति: २३ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?