Trending
>>   ‘राज्यपक्षबाटै हुन्छ मानव अधिकार उल्लङ्घन’ >>   राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्रः पुरानो राजनीति तोड्ने साहस कि नयाँ सपनाको सूची? >>   लोकतन्त्र जनताले जोगाउँछन्, कुनै नेताले ठेक्का लिनुपर्दैनः रवि लामिछाने >>   सञ्चारजगत संघीयता र लोकतन्त्रको पक्षपोषणमा खरो उत्रिनुपर्छः उपराष्ट्रपति >>   डोजर सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइनः रवि लामिछाने >>   ‘अब कर्णालीका सुइना हाम्रा सुइना’– बालेन्द्र साह >>   एमाले घोषणापत्र ‘देश बनाउने’ संकल्प होः डा. युवराज खतिवडा >>   एमालेको घोषणापत्रले ८–९ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव तुल्याउँछ: प्रा.डा. शिवराज अधिकारी >>   नेकपा एमाले घोषणापत्रः प्रतिव्यक्ति आय ३ हजार डलर,दैलेख ग्यास र धौवाडी फलाम खानी सञ्चालन >>   जस्तोसुकै कठिनाइ आए पनि लोकतन्त्रका आधारभुत मूल्य र मान्यतामा सम्झौता गरिँदैनः ओली
Logo
८ फाल्गुन २०८२, शुक्रबार
८ फाल्गुन २०८२, शुक्रबार

विद्युत् महशुल नबुझाउने दुई कार्यालयको लाइन काटियो


रौतहट। विद्युत् महशुल नतिरेका कारण कटहरियामा रहेका दुई वटा कार्यालयको लाइन काटिएको छ । बिजुली नहुँदा सेवा प्रवाह प्रभावित बनेको छ । लामो समयदेखि विद्युत् महशुल नबुझाएपछि कटहरिया नगरपालिकाको कार्यालय र खानेपानी उपभोक्ता समितिको विद्युत् लाइन काटिएको हो । उक्त नगरपालिकाले करिब ४ लाख र खानेपानी उपभोक्ता समितिले १६ लाख रुपैयाँ विद्युत् महशुल बुझाउन बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण मौलापुरले जनाएको छ । त्यस्तै, बक्यौता रकम नबुझाएकाले दुई कार्यालयका मिटर खोलेर प्राधिकरणको कार्यालयमा ल्याइएको उनले बताए । विद्युत् आपूर्ति नहुँदा नगरको कार्यालयको सम्पूर्ण काम ठप्प भएको कटहरिया नगरपालिका वडा नं- ५ का अध्यक्ष सर्फलाल गुप्ताले बताए । सो कार्यालयका प्रमुख दिनेश यादवका अनुसार विद्युतको बक्यौता रकम नतिरेका ग्राहकहरूको विद्युत् लाइन काटिएको छ भने पटक पटक महशुल बुझाउन आग्रह गर्दा समेत बेवास्ता गरेपछि लाइन काट्न थालेको उनले जानकारी दिए ।

त्यसैगरी, तीन दिनदेखि विद्युत् आपूर्ति नहुँदा नगरपालिकाको सम्पूर्ण काम प्रभावित भएको उनले बताए । उक्त कार्यालयमा विद्युत् आपूर्ति नहुँदा काम विशेषले पुगेका सेवाग्राहीहरू फर्किन बाध्य भएका छन् भने कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशंकर कुमार सिंहले विद्युत् प्राधिकरण मौलापुरको नाममा तीन लाखको चेक काटिसकेकाले अब विद्युत् आपूर्ति हुने जानकारी दिए । त्यस्तै विद्युत् महशुल नबुझाएका कारण समस्या आएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र साहले बताए । खानेपानीको विद्युत् महशुलमा नगरपालिकाले चासो दिनुपर्ने उनको भनाई रहेको छ । खानेपानीको विद्युत् आपूर्ति नहुँदा अहिले कटहरिया नगरपालिका ४ र ५ वडाका १६ सय सेवाग्राही खानेपानीबाट वञ्चित भएका छन् ।


प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?