Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

आठबीसकोटका मृतकका परिवारले पाए राहत


त्रिवेणी,रुकुम पश्चिम। रुकुम पश्चिमकोे आठबीसकोट नगरपालिका सबै मृतक परिवारका आफन्तलाई राहतसँगै किरिया खर्च दिइएको छ । आइतबार र सोमबार गरेर नगरपालिकाका २८ घरका मृतक परिवारलाई किरिया खर्चसँगै राहत सामग्री दिइएको हो । गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर छ दशमलव चार म्याग्निच्युटको भूकम्प गएको थियो । सोही भूकम्पमा परेर वडा नं ९, १०, ११, १२, १३, र १४ का २८ घरपरिवारले आफन्त गुमाउनु परेको थियो । त्यस्तै, आफन्त गुमाएका सबै परिवारलाई दुई दिन लगाएर राहतसँगै किरिया खर्च दिइएको छ भने प्रत्येक मृतक परिवालाई रु २५ हजारका दरले किरिया खर्च दिएको आठबीसकोट नगर उपप्रमुख धनकुमारी शाहीले जानकारी दिए । उनका अनुसार घरबारविहीन भएका परिवारलाई पनि आवश्यक पर्ने खाद्यान्नलगायत अन्य सामग्रीको पाकेज बनाएर राहत सामग्री वितरण गर्ने काम जारी छ भने नगरपालिकामा उपलब्ध भएको खाद्यान्नलगायत अन्य राहत पीडितका क्षेत्रमा लगेर वितरण गरिरहेको उपप्रमख शाहीले जानकारी दिए ।

त्यसैगरी,भूकम्पका कारण आठबीसकोटमा ४२ र जाजरकोटमा दुईजना गरेर ४४ जनाको मृत्यु भएकामा चारजना भने जिल्लाबाहिरका रहेको नगरपलिका जिन्सी शाखाप्रमुख टेकबहादुर चन्दले जानकारी दिए । त्यस्तै सानीभेरी गाउँपालिकामा पनि भूकम्पमा परी मृत्यु भएका घरपरिवारलाई गाउँपालिकाले राहतसँगै रु २५ हजार किरिया खर्च उपलब्ध गराएको गाउँपालिकाका प्रवक्ता पहलसिङ घर्तीले बताए । यहाँ १२ जनाको मृत्यु भएको थियो भने गत शुक्रबार आएको भूकम्पले जाजरकोटसहित रुकुम पश्चिममा मानवीय क्षतीसँगै भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ ।


प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?