Trending
>>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने
Logo
१२ पुष २०८२, शनिबार
१२ पुष २०८२, शनिबार

कांग्रेसका प्रदेशसभा सदस्यकोे १५ दिनको तलब भूकम्पपीडितलाई


लेखनाथ,पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यको १५ दिनको तलब भूकम्पपीडितलाई सहयोग गर्ने निर्णय गरेको छ । जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले उक्त निर्णय गरेको हो । सो रकम नेपाली कांग्रेस, केन्द्रीय राहत कोषमार्फत भूकम्पपीडित राहत कोषमा जम्मा हुने गरी पठाउने निर्णय गरेको प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए । उक्त भूकम्पमा परी निधन भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै दलले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै कांग्रेसले भूकम्पप्रभावितलाई उचित राहत र व्यवस्थापनको लागि सरकारसँग अनुरोध समेत गरेको छ ।


प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?