Trending
>>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने
Logo
१२ पुष २०८२, शनिबार
१२ पुष २०८२, शनिबार

मन्त्री दुलालका सुरक्षा अधिकारी मृतअवस्थामा फेला


हेटौँडा। बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका सुरक्षा अधिकारी मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक यमबहादुर सुवेदीलाई हेटौँडा–११ स्थित सहिद स्मारक नजिक पेटीको पासो लगाइएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । धादिङ खानीखोला इलाका प्रहरी कार्यालयमा दरबन्दी रहेर हाल मन्त्री दुलालको सुरक्षागार्डका रुपमा काम गर्दै आएका सुवेदी झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । सुवेदीलाई ‘मर्निङवाकमा’ जानेहरुले रुखको फेदमा बसेको र घाँटीमा कम्मरमा बाँधिने पेटीले पासो लगाएको अवस्थामा फेलापारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।


प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?