Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

नेपालगञ्जकाे भेरी अस्पतालमा भूकम्पपीडितलाई परामर्श सेवा


नेपालगञ्ज। भूकम्पबाट घाइते भएर उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज ल्याइएका बिरामीको लागि मनोसामाजिक परामर्स तथा उपचार सेवा थालिएको छ । आफन्त गुमाएका कारण उनीहरू शोकमा छन् । भूकम्पबाट घाइते, शारीरिक चोट र परिवारका सदस्य गुमाएकाहरु तथा कुरुवाका लागि मनोसामाजिक परामर्श र उपचारका लागि मानसिक रोग विशेषज्ञ तथा मनोसामाजिक परामर्श तालिमप्राप्त दुई चिकित्सक र एक नर्सको व्यवस्था गरिएको जिल्ला आपत्कालीन केन्द्र बाँकेका फोकल पसर्न तथा जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए । त्यसैगरी डा. लीला देवकोटा, डा. प्रदीप रेग्मी, मनोसामाजिक परामर्शदाता कमलाकुमारी डाँगीलगायतले अस्पतालमा सेवा दिइरहेका छन् भने अस्पताल परिसरमा भूकम्प उपचार कक्षसमेत स्थापना गरिएको छ । बाहिरबाट प्राप्त सहयोगको व्यवस्थापनका लागि उक्त कक्ष स्थापना गरिएको हो ।

उक्त भेरी अस्पताल नेपालगन्जमा हाल ४६ भूकम्पपीडितको उपचार भइरहेको छ भने उपचार गराइरहेकामध्ये दुई जना घर फर्किएका छन् । एक जनाको निधन भएको छ । हाल अस्पतालमा २० पुरुष र २६ महिलाको उपचार भइरहेको छ भने अस्पतालमा जाजरकोट, रुकुम पश्चिम र सल्यानका भूकम्पपीडितको उपचार भइरहेको छ । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुममा अत्यधिक जनधनको क्षति भएको छ ।


प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?