Trending
>>   संसद भवन निर्माण ढिलाईः कार्ययोजनासहित छलफलमा आउन संसदीय समितिले गर्यो शहरी विकास मन्त्रालयलाई पत्राचार >>   नेपाल कानून आयोगको सुझावः कानून व्यवसायी परिषद् सम्बन्धी नयाँ ऐन ल्याएको भए उपयुक्त हुन्थ्यो >>   मन्त्री मण्डल पुनःगठन गर्नेकुरा सामान्य होः मन्त्री गुरुङ >>   प्रधानमन्त्रीले स्पेनमा मान्छे छोडेर आए भन्ने आरोप लगाउने सांसदले आत्मालोचना गरिसक्नुभयोः मन्त्री गुरुङ >>   नेपाल इभि युगमा गइसक्योः मन्त्री दाहाल >>   गल्ती गर्नेलाई आँखा चिम्लिनुपर्छ भन्नेमा सरकार छैनः मन्त्री गुरुङ >>   वनमन्त्री ठकुरीको एक वर्षः कार्बन व्यापार, जलवायु कार्यमा र नीति निर्माणमा उपलब्धिमुलक >>   अब इभीको कारखाना नेपालमै खोल्नुपर्छ– यातायात सचिव शर्मा >>   वन मन्त्रालयमा ऐन बहादुर शाहीको एक वर्षः ४१ हजारलाई प्रत्यक्ष रोजगारी, कार्बन व्यापारमा ऐतिहासिक सफलता >>   डेंगी परीक्षणको शुल्क निर्धारण गर्न जरुरीः मन्त्री पौडेल
Logo
१ श्रावण २०८२, बुधबार
१ श्रावण २०८२, बुधबार

खाद्यले समयमै धान खरिद गरेपछि किसान खुसी


दोधारा चाँदनी, कञ्चनपुर। खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले बुधबारदेखि किसानका धान खरिद सुरु गरेको छ । यस वर्ष खाद्यले समयमै धान खरिद सुरु गरेपछि किसान उत्साहित बनेका छन् । विगतमा वर्षभन्दा यस वर्ष खाद्यले समयमै धान खरिद सुरु गरेको किसान बताउँछन् । जिल्लास्थित लिमिटेडका शाखा प्रमुख राजु मोक्तानले सरकारले धानको समर्थन मूल्य तोकेअनुरूप कञ्चनपुरमा पनि किसानबाट धान खरिद थालिएको बताए । उक्त कम्पनीले यस वर्ष जिल्लामा १५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको उनले बताए । “हामीले गत वर्ष १४ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिए पनि तीन हजार क्विन्टल मात्रै खरिद गरेका थियौँ । यस वर्ष १५ हजार क्विन्टल खरिद गर्ने लक्ष्य लिएका छौँ”, मोक्तानले भने, “अहिलेसम्म तीन सय १६ क्विन्टल खरिद गरिसकेका छौँ । किसानको आउने क्रम जारी छ ।” उनले यसपटक सरकारले धानको मूल्य समयमै तोकेको र किसानले पनि राम्रो धान ल्याइराखेकाले लक्ष्यअनुसार खरिद हुने बताए । “गत वर्ष लक्ष्यअनुसार धान खरिद गर्न सकिएन यो वर्ष राम्रो धान आएको छ”, मोक्तानले भने, “यस वर्ष धान भित्र्याउने बेलामै खरिद गर्न सुरु भएकाले गत वर्षभन्दा बढी आउँछ ।” कम्पनीले विगतमा जिल्लाका अन्य ठाउँबाट धान खरिदका लागि केन्द्र स्थापना गर्ने गरेको भए पनि यस वर्ष कर्मचारी र भौतिक पूर्वाधारको अभावले महेन्द्रनगरस्थित कार्यालयमा मात्रै खरिद गर्ने जनाएको छ ।

सरकारले विगतमा ढिलो गरी धान खरिद गर्दा आफूहरु विचौलियाको मारमा पर्ने गरेको भन्दै यस वर्ष समयमै खरिद गर्दा खुसी भएको किसान विष्णुदत्त पन्तले बताए । “अघिल्ला वर्षमा सरकारले ढिलो गरी खरिद गर्दा सस्तोमै बिक्री गर्न बाध्य हुन्थ्यौँ”, उनले भन्नुभयो, “हामीलाई भण्डारणको समस्या भएकाले यसपटक सहज भएको छ ।” सरकारले यस वर्ष तिहारअघि नै धान खरिद गर्दा धेरै सजिलो भएको खुसी रानाले बताए भने चाडपर्व मनाउन र हिउँदे बाली लगाउन यसपटक राम्रो भयो”, उनले भने । मोटा धानको न्यूनतम समर्थन मूल्य प्रितिक्विन्टल रू तीन हजार एक सय ९८ र मध्यम धानको प्रतिक्विन्टल रू तीन हजार तीन सय ६२ तोकिएको छ । कञ्चनपुरमा ४८ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको छ ।


प्रकाशित मिति: १९ कार्तिक २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?