Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

चिनियाँ राष्ट्रपति सीद्वारा समवदेना


काठमाडौं। चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालमा शुक्रबार गएको भूकम्पप्रति राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाएका छन् । आफ्नो सन्देशमा उनले नेपालको कर्णाली प्रदेशमा गएको शक्तिशाली भूकम्पका कारण ठूलो जनधनको क्षति भएको खबरले आफू स्तब्ध भएको उल्लेख गरेका छन् । चिनियाँ सरकार र जनताकातर्फबाट राष्ट्रपति सीले मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

राष्ट्रपति सीले राष्ट्रपति पौडेल र नेपाल सरकारको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रका जनताले अप्ठ्यारो पार गरी सकेसम्म चाँडो घर पुनःनिर्माण गर्नसक्ने विश्वास व्यक्त गर्दै नेपाललाई आवश्यक विपद् सहयोग गर्न चीन इच्छुक रहेको उल्लेख गरेका छन्। यसैगरी चिनियाँ प्रधानमन्त्री ली छ्याङले पनि आफ्ना नेपाली समकक्षी पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समवेदना सन्देश पठाएका छन् । जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११ः४७ बजे गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण ठूलो जनधनको क्षति भएको छ ।


प्रकाशित मिति: १९ कार्तिक २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?