Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

भूकम्प पीडितलाई एक महिनाको तलब दिने सांसद पौडेलको घोषणा


काठमाडौं। प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले जाजरकोट भूकम्प पीडितको राहत र पुनर्स्थापना लागि सरकारको कोषमा संघीय सांसदको रूपमा प्राप्त हुने एक महिनाको तलब दिने भएका छन् । ‘विपत्तिको समयमा भूकम्पले क्षति पुर्‍याएका ठाउँमा मानवीय उद्धारको कामलाई अझ तीव्र बनाउन र पुनर्स्थापना लागि सरकारको कोषमा संघीय सांसदको रूपमा प्राप्त हुने एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा गर्दछु’ सांसद पौडेलले भनेका छन् । उक्त जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११ बजेर ४७ मा गएको ६.४ म्याग्निच्यूडको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा निकै ठूलो मानवीय एवं भौतिक क्षति पुगेको छ भने भूकम्पमा परी कैयौँ नागरिकले ज्यान गुमाएका छन्, सैयौं घाइते भएका छन् ।


प्रकाशित मिति: १९ कार्तिक २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?