Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

जीतपुरको भू–इञ्जिनियरिङ तथा वातावरणीय अध्ययन


काठमाडौं। खानी तथा भूगर्भ विभागले देशभरका विभिन्न सहरको भू–इञ्जिनियरिङ तथा वातावरणीय अध्ययन गरेको छ । विभागले नेपालका विभिन्न भागमा विकसित हुँदै गएको सहरको भूवनोट र उक्त स्थानमा सहर बस्न हुन्छ कि हुँदैन भन्ने उद्देश्यका साथ विसं २०५२ देखि प्रत्येक वर्ष एक सहरको अध्ययन गर्दै आएको हो । यस वर्ष सिमराको जीतपुर बजारको भू–इञ्जिनियरिङ तथा वातावरणीय अध्ययन गरिएको विभागले जनाएको छ । गत वर्ष महोत्तरीको बर्दिबासको अध्ययन गरेको थियो । उक्त विभागले हालसम्म काठमाडौं, पोखरा, बुटवल, भद्रपुर, धरान, जनकपुर, वीरेन्द्रनगर, तुलसीपुर, धनगढी, भैरहवा, टीकापुर, सिन्धुलीमाडी, हेटौँडा, वीरगञ्ज, विराटनगर, दमौली, विदुर, दमक, बनेपा, गुललिया र नारायणघाटको अध्ययन सम्पन्न गरिसकेको छ ।विभागका महानिर्देशक रामप्रसाद घिमिरेले सहर बसाउनका लागि आवश्यक माटो, पानी, ढुङ्गा, फोहरमैला व्यवस्थापन र नदी किनाराको कटानसम्बन्धी अध्ययन, अनुसन्धान गरी सुरक्षित सहर बसाउनका लागि सम्बन्धित स्थानीय सरकारलाई राय सुझाव दिँदै आएको बताएका छन् ।

“सहरको कुन क्षेत्रमा कस्ता पूर्वाधार निर्माण गर्न सकिन्छ, भन्नेबारेमा हामीले भू–इञ्जिनियरिङ तथा वातावरणीय अध्ययन गरेर सम्बन्धित स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारलाई राय, सुझाव दिँदै आएका छौँ”, उनले भने। सो विभागले दिएको राय, सुझावलाई स्थानीय तहले कार्यान्वयनमा नल्याउँदा प्राकृतिक विपत्तिका घटनासमेत हुने गरेका घिमिरेको भनाइ रहेको थियो ।सहरको कुन भागमा विद्यालय, अस्पताल, डम्पिङसाइड, अण्डर ग्राउण्ड पार्किङ बनाउन सकिन्छ, कुन ठाउँ बाढी, पहिरो र भूक्षयको जोखिम छ भन्ने विषयमा अध्ययन हुने गरेको उनले बताए । उक्त अध्ययनले सहरी विकासमा समेत सहयोग पुग्ने विश्वास विभागको रहेको छ ।


प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?