Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

जीतपुरको भू–इञ्जिनियरिङ तथा वातावरणीय अध्ययन


काठमाडौं। खानी तथा भूगर्भ विभागले देशभरका विभिन्न सहरको भू–इञ्जिनियरिङ तथा वातावरणीय अध्ययन गरेको छ । विभागले नेपालका विभिन्न भागमा विकसित हुँदै गएको सहरको भूवनोट र उक्त स्थानमा सहर बस्न हुन्छ कि हुँदैन भन्ने उद्देश्यका साथ विसं २०५२ देखि प्रत्येक वर्ष एक सहरको अध्ययन गर्दै आएको हो । यस वर्ष सिमराको जीतपुर बजारको भू–इञ्जिनियरिङ तथा वातावरणीय अध्ययन गरिएको विभागले जनाएको छ । गत वर्ष महोत्तरीको बर्दिबासको अध्ययन गरेको थियो । उक्त विभागले हालसम्म काठमाडौं, पोखरा, बुटवल, भद्रपुर, धरान, जनकपुर, वीरेन्द्रनगर, तुलसीपुर, धनगढी, भैरहवा, टीकापुर, सिन्धुलीमाडी, हेटौँडा, वीरगञ्ज, विराटनगर, दमौली, विदुर, दमक, बनेपा, गुललिया र नारायणघाटको अध्ययन सम्पन्न गरिसकेको छ ।विभागका महानिर्देशक रामप्रसाद घिमिरेले सहर बसाउनका लागि आवश्यक माटो, पानी, ढुङ्गा, फोहरमैला व्यवस्थापन र नदी किनाराको कटानसम्बन्धी अध्ययन, अनुसन्धान गरी सुरक्षित सहर बसाउनका लागि सम्बन्धित स्थानीय सरकारलाई राय सुझाव दिँदै आएको बताएका छन् ।

“सहरको कुन क्षेत्रमा कस्ता पूर्वाधार निर्माण गर्न सकिन्छ, भन्नेबारेमा हामीले भू–इञ्जिनियरिङ तथा वातावरणीय अध्ययन गरेर सम्बन्धित स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारलाई राय, सुझाव दिँदै आएका छौँ”, उनले भने। सो विभागले दिएको राय, सुझावलाई स्थानीय तहले कार्यान्वयनमा नल्याउँदा प्राकृतिक विपत्तिका घटनासमेत हुने गरेका घिमिरेको भनाइ रहेको थियो ।सहरको कुन भागमा विद्यालय, अस्पताल, डम्पिङसाइड, अण्डर ग्राउण्ड पार्किङ बनाउन सकिन्छ, कुन ठाउँ बाढी, पहिरो र भूक्षयको जोखिम छ भन्ने विषयमा अध्ययन हुने गरेको उनले बताए । उक्त अध्ययनले सहरी विकासमा समेत सहयोग पुग्ने विश्वास विभागको रहेको छ ।


प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?