Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

रिगलको आममाफी सर्वोच्च अदालतले बदर गरेपछि भारतीले अनसन तोडिन्


काठमाडौं। चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योग ढकाललाई दिएको सजाय छुट सर्वोच्च अदालतले बदर गरेपछि चेतनकी पत्नी भारती मानन्धरले अनसन तोडेकी छन् । सरकारले रिगललाई कैद माफी दिएपछि न्याय माग्दै अनसन बसिरहेकी भारतीले सर्वोच्चको आदेशसँगै जुस पिएर अनसन तोडेकी हुन् । त्यस्तै अनसनका कारण अस्वस्थ उनलाई अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ भने उनले वीर अस्पतालमै अनसन तोडेकी हुन् । माइतीघरमा अनसनरत उनी सर्वोच्चबाट आदेश आउनु केहीबेर अघि सर्वोच्च पुगेकी थिइन्।

सर्वोच्चको आदेशपछि आफूले न्याय पाएको भन्दै उनले सर्वोच्चलाई ढोगेकी थिइन् । संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगलको सजाय छुट गरेका थिए भने न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले बिहीबार रिगलको कैदमाफी बदर गरिदिएको हो । त्यस्तै रिगललाई कैद माफी दिइएपछि चेतनकी तत्कालीन पत्नी भारतीले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।


प्रकाशित मिति: १६ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?