Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

‘राष्ट्रसङ्घका महासचिवले लुम्बिनीबाट विश्वशान्तिको कामना गर्नु ऐतिहासिक’


काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण बहुआयामिक महत्व रहेको जनाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले महासचिव गुटेरेसले बुद्धको जन्मभूमि लुम्बिनीबाट विश्वशान्तिको कामना गर्नु ऐतिहासिक रहेको बताएका छन् । बुद्धका बारेमा कहीँकतै दुराशययुक्त ढङ्गले प्रश्न उठाउन खोजिएका बेलामा महासचिव गुटेरेसले बुद्धको जन्मभूमिबाटै विश्वशान्तिको अपिल गर्नु गौरवको विषय हो”, प्रवक्ता सापकोटाले भने । जलवायु परिवर्तनको असर र प्रभाव बढिरहेका सन्दर्भमा महासचिव गुटेरेस सगरमाथा क्षेत्रमा पुगेर त्यहाँका स्थानीयसँग आन्तरर्क्रिया गरेको तथ्यलाई विश्वसमुदायले नजिकबाट नियालेको उनको भनाइ रहेको छ । प्रवक्ता सापकोटाले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन पनि महासचिवको भ्रमणले दलहरुलाई सघाएको बताए ।

“शान्ति प्रक्रियाका धेरै विषय टुङ्गो लागेका छन् । सबै पक्षलाई विश्वासमा लिएर यसलाई निष्कर्षमा पुर्‍याउनका लागि महासचिवको भ्रमणले योगदान गरेको छ”, उनले भने । शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन सबै राजनीतिक दलप्रति संवाद भइरहेको जानकारी दिँदै प्रवक्ता सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दल र प्रमुख विपक्षी दलका नेतासँग पनि सो विषयमा छलफल गरिरहेको बताए । मुलुकलाई पछाडि फर्काउन सकिन्छ कि भनेर केही शक्ति लागिपरेको सन्दर्भप्रति टिप्पणी गर्दै प्रवक्ता सापकोटाले भने, “इतिहासको चक्का पछाडि फर्कंदैन । यो अगाडि बढ्यो । परिवर्तनका पक्षधरले राष्ट्रिय दृष्टिकोण बनाएर अगाडि बढ्नुपर्छ । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो ।”


प्रकाशित मिति: १६ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?