Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२७ पुष २०८२, आईतवार
२७ पुष २०८२, आईतवार

डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, १९ जना घाइते


डोटी । डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका-७ का वर्ष १८ का शालीन राना मास्केमगर रहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी निशान्त श्रीवास्थबले जनाएका छन । भिमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिकाको गैरा नजिकै बुधवार साँझ सु.प.प्र.०१००२ट ६७२३ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मजदुर बोकेर जोरायल गाउँपालिका-१ धोरडी देखि खटेना जाँदै गरेको बेला ट्याक्टर दुर्घटना भएको हो ।

घाइते भएका १९ जना मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ भने घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । उक्त घटनामा घाइते भएकाहरूको परिचय भने खुल्न बाकी छ । त्यस्तै सो दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: १६ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?