Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, १९ जना घाइते


डोटी । डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका-७ का वर्ष १८ का शालीन राना मास्केमगर रहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी निशान्त श्रीवास्थबले जनाएका छन । भिमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिकाको गैरा नजिकै बुधवार साँझ सु.प.प्र.०१००२ट ६७२३ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मजदुर बोकेर जोरायल गाउँपालिका-१ धोरडी देखि खटेना जाँदै गरेको बेला ट्याक्टर दुर्घटना भएको हो ।

घाइते भएका १९ जना मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ भने घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । उक्त घटनामा घाइते भएकाहरूको परिचय भने खुल्न बाकी छ । त्यस्तै सो दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: १६ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?