Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

दोधारा चादँनीको सीमाबस्तीमा हात्तीको त्रासदी


महेन्द्रनगर, कञ्चनपुर। कञ्चनपुरको दोधारा चादँनी नगरपालिका–३ मा रहेको सीमा बस्ती बडुवाल टोलमा जङ्गली हात्तीले जनधनको क्षति गर्न थालेको एक दशक वितिसक्यो । नेपाल–भारत सीमा क्षेत्रमा भूमिको रक्षाका लागि विसं २०२४ देखि बडुवाल टोलमा बसोबास गर्दै आएका स्थानीय पछिल्लो एक दशकदेखि जङ्गली हात्तीको त्रासदीले रातभर जाग्राम बस्नुपर्ने बाध्यतामा छन् । जोगबुढा नदी पारीमा बडुवाल टोलमा तीन सय परिवारको बसोबास रहेको छ । यहाँ दशकौँदेखि बसोबास रहेपनि स्थानीयले जग्गाको पुर्जा नपाउँदा हात्तीको आक्रमणमा परी ज्यान गुमाउँदा पनि राज्यबाट क्षतिपूर्ति पाउन सकेका छैनन् । “यसअघि हात्तीको आक्रमणबाट स्थानीयवासीले ज्यान गुमाउँदा क्षतिपूर्तिका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जाँदा जग्गाको पुर्जा मागे”, वडाध्यक्ष धनाडीले भने, “विसं २०२४ देखि सीमामा दुःखसुख गरेर बस्ने नागरिकले जमिनको पुर्जासम्म नपाउनु असह्य पीडाको विषय हो ।” भौगोलिक रुपले विकट रहेको उक्त बस्तीमा धान र गहुँ खेतीका बेला हात्तीले क्षति गर्न थालेपछि शसस्त्र प्रहरीको पेसा क्याम्पसमेत राखिएको उनले बताए ।

बडुवाल टोलबाट दोधारा चादँनी नगरपालिकाको कार्यपालिकामा रहेका लक्ष्मी रानाले हात्तीकै कारण राति सुत्न नपाएको धेरै समय भइसकेको बताएकि छन् । “स्थानीयवासीले खेती त लगाउँछन् तर भित्र्याउन नपाएको धेरै वर्ष भइसक्यो”, उनले भनिन्, “जग्गाको पुर्जा नभएकाले राज्यबाट सहयोग पनि पाएका छैनन् ।” यहाँका तीन सय घरधुरीमध्ये १०/१२ परिवारसँग मात्रै जमिनको पुर्जा रहेको रानाले जानकारी दिइन् ।


प्रकाशित मिति: १५ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?