Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
१ माघ २०८२, बिहीबार
१ माघ २०८२, बिहीबार

ओखलढुंगामा घरमा आगलागी हुँदा एक जनाको मृत्यु


काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडानम्बर ७ हर्कपुर बस्ने उमेश गौतमको घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उमेशकी भाउजू अन्दाजी ३९ वर्षीया कमला दाहाल गौतम रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी इन्सपेक्टर बालिस्टर सिंहले जानकारी दिए ।

सोमबार अपराह्न साढे चार बजेतिर काठले बेरेको र टिनको छानो भएको एक तले भान्सा घरमा आगलागी भएको थियो । कमलाले चुह्लोमा पेट्रोल प्रयोग गरी आगो बाल्ने क्रममा घर जलेको र उनको घटनास्थलमै ज्यान गएको भनी प्रहरी चौकी हर्कपुरमा खबर पुगेको थियो भने लगत्तै घटनास्थलमा पुगेको हर्कपुर प्रहरी टोलीले स्थानीयको सहयोगमा आगो निभाएको थियो ।


प्रकाशित मिति: १४ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?