Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

गौशालामा गौमूत्र प्रशोधन गर्न ‘प्लान्ट’ जडान


१३ ,कात्तिक ,वालिङ (स्याङ्जा) । स्याङ्जाको भीरकोट नगरपालिका–८ स्थित छोरेडाँडा गौशालामा गौमूत्र प्रशोधन गर्नका लागि ‘प्लान्ट’ जडान गरिएको छ ।

स्थानीय जातका गाईको गहुँत तथा गोबर धार्मिक र वैज्ञानिक दृष्टिले समेत उपयोगी रहेकाले यसलाई प्रशोधन गरी प्रयोग गर्ने ध्येयले प्लान्ट जडान गरिएको छोरेडाँडा गौशाला व्यवस्थापन समितिका अध्यक्ष खुमकान्त खनालले बताए ।

“स्थानीय जातको गाईको गौमूत्रको महत्व बुझ्न नसक्दा यसै खेर गइरहेको थियो”, उनले भने, “यसको महत्वलाई दृष्टिगत गरी बुटवलबाट अत्याधुनिक प्रशोधन मेसिन खरिद गरी ल्याएर प्रशोधन थालेका छौँ ।”

छाडा छाडिएका गाईका कारण खेतीबाली नष्ट गर्ने, बजारमा सवारी दुर्घटनाको जोखिम बढ्दै गएकाले गाईको व्यवस्थापनका लागि गौशाला निर्माण गरिएको थियो । गौशाला सञ्चालनका लागि पनि आर्थिक पाटोलाई बलियो बनाउनुपर्ने आवश्यकता देखिएसँगै गौमूत्र प्रशोधन प्लान्ट जडान गरी ब्यावसायिक उत्पादन थाल्ने तयारी गौशालाको रहेको उनले जानकारी दिए ।

गाईको गौमूत्र मानव स्वास्थ्यका लागि लाभदायक रहेकाले यसलाई थप प्रशोधन गरेर प्रयोग गर्न लागिएको गौशालाका संरक्षक छायाराम खनालले बताए । “विशेष गरी स्थानीय जातको गाईको गहुँत तथा गोबर मानव स्वास्थ्यमा औषधीय गुण हुन्छ भन्ने धार्मिक र वैज्ञानिक दृष्टिले पुष्टि गरिसकेका छन्”, उनले भने, “मानव स्वास्थ्यसँगै बालीनालीमा विषादी र जैविक मलको रुपमा प्रयोग गर्न सकिने भएकाले यो बहुउपयोगी छ ।”

गौमूत्र धार्मिक दृष्टिले धेरैले प्रयोग गरे तापनि स्वास्थ्यका दृष्टिले उपयोगी हुने जानेर पनि प्रयोग गर्ने विधिका बारेमा अनभिज्ञ भएकाले प्रयोगकर्तालाई विज्ञहरुको सहयोगमा जानकारी गराउने योजना गौशालाको छ ।

गौमूत्रको उपयोगिताको बारेमा स्थानीय समुदायलाई जानकारी गराउने र प्रशोधित गौमूत्र स्थानीयस्तरमै खपत गर्ने योजना गौशालाको छ । स्थानीयस्तरमा खपत भएर रहेको प्रशोधित गौमूत्रलाई आफ्नै छुट्टै ब्राण्डमार्फत अन्यत्र पठाउने तयारी रहेको उनि बताउछन् ।

प्रशोधित गौमूत्र बिक्री गर्ने, गोबरलाई प्रशोधन गरी सुगन्धित अगरबत्ती बनाउने, गोबरबाट अर्गानिक गड्यौले मलको व्यावसायिक उत्पादन गरी बिक्री गर्ने तयारीसहित काम भइरहेको छ ।

गौशालामा अर्गानिक उद्योग स्थापनासँगै नमूनाको रुपमा विकसित गर्दै लगिने उनले दाबी गरे । पछिल्लो समय गौशालामा दाताले शुभकार्य, पितृकार्य तथा जन्मोत्सवमा आर्थिक सहयोग गर्न थालेकाले सञ्चालनमा सहज हुँदै आएको छ ।


प्रकाशित मिति: १३ कार्तिक २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?