Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

गौशालामा गौमूत्र प्रशोधन गर्न ‘प्लान्ट’ जडान


१३ ,कात्तिक ,वालिङ (स्याङ्जा) । स्याङ्जाको भीरकोट नगरपालिका–८ स्थित छोरेडाँडा गौशालामा गौमूत्र प्रशोधन गर्नका लागि ‘प्लान्ट’ जडान गरिएको छ ।

स्थानीय जातका गाईको गहुँत तथा गोबर धार्मिक र वैज्ञानिक दृष्टिले समेत उपयोगी रहेकाले यसलाई प्रशोधन गरी प्रयोग गर्ने ध्येयले प्लान्ट जडान गरिएको छोरेडाँडा गौशाला व्यवस्थापन समितिका अध्यक्ष खुमकान्त खनालले बताए ।

“स्थानीय जातको गाईको गौमूत्रको महत्व बुझ्न नसक्दा यसै खेर गइरहेको थियो”, उनले भने, “यसको महत्वलाई दृष्टिगत गरी बुटवलबाट अत्याधुनिक प्रशोधन मेसिन खरिद गरी ल्याएर प्रशोधन थालेका छौँ ।”

छाडा छाडिएका गाईका कारण खेतीबाली नष्ट गर्ने, बजारमा सवारी दुर्घटनाको जोखिम बढ्दै गएकाले गाईको व्यवस्थापनका लागि गौशाला निर्माण गरिएको थियो । गौशाला सञ्चालनका लागि पनि आर्थिक पाटोलाई बलियो बनाउनुपर्ने आवश्यकता देखिएसँगै गौमूत्र प्रशोधन प्लान्ट जडान गरी ब्यावसायिक उत्पादन थाल्ने तयारी गौशालाको रहेको उनले जानकारी दिए ।

गाईको गौमूत्र मानव स्वास्थ्यका लागि लाभदायक रहेकाले यसलाई थप प्रशोधन गरेर प्रयोग गर्न लागिएको गौशालाका संरक्षक छायाराम खनालले बताए । “विशेष गरी स्थानीय जातको गाईको गहुँत तथा गोबर मानव स्वास्थ्यमा औषधीय गुण हुन्छ भन्ने धार्मिक र वैज्ञानिक दृष्टिले पुष्टि गरिसकेका छन्”, उनले भने, “मानव स्वास्थ्यसँगै बालीनालीमा विषादी र जैविक मलको रुपमा प्रयोग गर्न सकिने भएकाले यो बहुउपयोगी छ ।”

गौमूत्र धार्मिक दृष्टिले धेरैले प्रयोग गरे तापनि स्वास्थ्यका दृष्टिले उपयोगी हुने जानेर पनि प्रयोग गर्ने विधिका बारेमा अनभिज्ञ भएकाले प्रयोगकर्तालाई विज्ञहरुको सहयोगमा जानकारी गराउने योजना गौशालाको छ ।

गौमूत्रको उपयोगिताको बारेमा स्थानीय समुदायलाई जानकारी गराउने र प्रशोधित गौमूत्र स्थानीयस्तरमै खपत गर्ने योजना गौशालाको छ । स्थानीयस्तरमा खपत भएर रहेको प्रशोधित गौमूत्रलाई आफ्नै छुट्टै ब्राण्डमार्फत अन्यत्र पठाउने तयारी रहेको उनि बताउछन् ।

प्रशोधित गौमूत्र बिक्री गर्ने, गोबरलाई प्रशोधन गरी सुगन्धित अगरबत्ती बनाउने, गोबरबाट अर्गानिक गड्यौले मलको व्यावसायिक उत्पादन गरी बिक्री गर्ने तयारीसहित काम भइरहेको छ ।

गौशालामा अर्गानिक उद्योग स्थापनासँगै नमूनाको रुपमा विकसित गर्दै लगिने उनले दाबी गरे । पछिल्लो समय गौशालामा दाताले शुभकार्य, पितृकार्य तथा जन्मोत्सवमा आर्थिक सहयोग गर्न थालेकाले सञ्चालनमा सहज हुँदै आएको छ ।


प्रकाशित मिति: १३ कार्तिक २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?