Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

हिमाल आरोहणको क्रममा हराएका दुई पर्यटकमध्ये एक सम्पर्कमा आए


रसुवा । हिमाल आरोहणको क्रममा हराइ रहेका दुई पर्यटकमध्ये एक पर्यटक सम्पर्कमा आएका छन् ।

दुई साता अगाडि ठमेलस्थित काठमाडौँ ट्रेकिङ कम्पनीमार्फत गोसाइँकुण्ड गाउँपालिका–३ को उच्च भाग (समुन्द्र सतहदेखि सात हजार दुई सय ३४ मिटर उचाइ) यालापिकमा हराइरहेका चेक रिपप्लिक देशका ५० वर्षीय मारेक होलेसेक्का शुक्रबार साँझ लाङ्टाको क्याङ्जेनस्थित हायर गेष्ट हाउसको सम्पर्कमा आएको स्थानीय पर्यटन व्यवसायीले जनाएका छन् । सम्पर्कमा आएको पुष्टि रसुवा जिल्लाका प्रहरी प्रमुख केशव भट्टराईले जानकारी दिए ।

उनीसँग गएका अर्का श्लोभाकियाका ३४ वर्षीय ओनरेज हुसर्के भने सम्पर्कविहीन नै रहेका छन् । शुक्रबार र शनिबार दुई दिनसम्म हवाई खोज उद्धारअन्तर्गत हिमाली उच्च भागको ३० मिटरभन्दा बढी गहिरो खोचको डिल्लामा सिल्पिङ ब्याग देखिएको ओनरेज त्यहीबाट खोचभित्र खसेको सहकर्मी पर्यटकबाट जानकारी पाएको अल्टिच्युट एयरका युवा वरिष्ठ क्याप्टेन (पाइलट) विवेक खड्काले बताए ।

“पाइलट खड्काले भने, “क्याङ्जेन माथिको आकाशमा शुक्रबार दिनभर हेलिकप्टरबाट हावाई खोज उद्धारको प्रयास गरे पनि मौसम प्रतिकूलकै कारण राजधानी फिर्ता आउन परेको थियो । शनिबार बिहानको प्रयासबाट सिल्पिङ ब्याग देखिएको हो ।”

यस्तै गोसाइँकुण्डको यात्राका क्रममा खुट्टामा चोटलागेरबिच बाटोमै अलपत्र परेका जर्मन नागरिक ४३ वर्षीया रोवर्ड जर्ज न्यू वरलाई हवाई उद्धार गरिएको छ । उनलाई अल्टिच्युट एयरको हेलिकप्टरले लौरीविनायक बाट उद्धार गरेको हो । निज पर्यटकको सोह्रखुट्टेस्थित एक निजी अस्पतालमा उपचार भइरहेको उक्त एयरले जनाएको छ ।


प्रकाशित मिति: १७ कार्तिक २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?