Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

‘ओटिटी’ निर्मातालाई आम्दानीको नयाँ स्रोत


९ ,कात्तिक ,काठमाडौँ । ओटिटी (ओभर द टप) प्रति कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा निकै आकर्षण बढ्यो ।

घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रुपमा ‘डिजिटल प्लेटफर्म’ रोजे । अन्तर्राष्ट्रियरुपमा बजार राम्रो बनाई सकेका नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्ने प्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायतका ओटिटी प्लेटफर्म दर्शकका प्रिय बने ।

नेपालीसमेत उल्लेखित ओटिटीका प्लेटफर्मतर्फ आकर्षित हुँदा नेपालमै रहेका आइफ्लिक्स, भिडियो पसल, सिनेमाघरजस्ता एपले भने धेरै दर्शक तान्न सकेनन् । आइफ्लिक्स र चलचित्र टिभीले सफलता नपाएपश्चात् बन्द नै भयो । यद्यपि पछिल्लो समय ओटिटी नेपालमा निर्माताको लागि नयाँ आम्दानीको स्रोत बनेको छ ।

चलचित्र भवनबाट सिधै युट्युबमा निःशुल्क उपलब्ध हुने चलचित्र अब एपका माध्यमले केही शुल्क लिएर उपलब्ध हुँदा सोबापतको आम्दानी निर्माताले पाउन थालेका छन् । सिनेमाघर एपसँग सन् २०१८ मै जोडिएका अभिनेता तथा निर्देशक खगेन्द्र लामिछानेले दर्शकलाई एपमा आकर्षण गर्ने र चलचित्र हेर्ने बानिको विकास गरिरहेको बताए।

उनले भने, “युट्युबबाट दर्शकलाई एपमा फिल्म हेर्ने बानी बसाउन केही समय निःशुल्क चलचित्र उपलब्ध गराएका थियौँ । सन् २०१६ मै डिजिटल भविष्य देखेर खोलिएको सिनेमा घरमा दुई वर्षपश्चात् म सञ्चालकका रुपमा जोडिए । नयाँ चलचित्र र ओर्जिनल कन्टेनले दर्शक तान्नेमा विश्वस्थ छौँ । हामीले त्यसको तयारीसमेत थालिरहेका छौँ ।”

दर्शकको ओटिटीप्रतिको आकर्षणलाई बुझेर चलचित्र शिक्षासम्बन्धी अध्ययन गराइरहेको कान्तिपुर फिल्म एकेडेमीले ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज’को दसैँकै अवसरमा शुभारम्भ गरेको छ ।

यसमा केही प्रसिद्ध चलचित्रसँगै आफ्नै सामग्री रहेको एकेडेमीका सिइओ प्रकाश पुरीले जानकारी दिए । उनले भने, “यो प्लेटफर्मले नेपाली कन्टेनलाई इन्टरनेटमा खोजिरहनुभएका दर्शकलाई आकर्षित गर्नेमा विश्वस्त छौँ । हामीले तयारी गरेर कन्टेन जम्मा गरेर बल्ल एपको सुरुआत गरेका हौँ ।”

उनका अनुसार ‘ज्याकी : आइएम ट्वान्टी वान’, ‘जुलेबी’लगायतका चलचित्रसँगै ‘ब्रह्माण्ड’, ‘लभसूत्र’, ‘मदर’, ‘खरानी’, ‘ऋतु’, ‘मिस स्कार्लेट’लगायतका शृङ्खला हेर्न पाउनु हुनेछ । ठुलोपर्दामै देखिने कलाकारलाई लिएर कन्टेन बनाएर ओटिटीमा ल्याउने तयारीमा रहे तापनि यसले पूर्णता पाउन सकेको छैन ।


प्रकाशित मिति: ९ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?