Trending
>>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

‘ओटिटी’ निर्मातालाई आम्दानीको नयाँ स्रोत


९ ,कात्तिक ,काठमाडौँ । ओटिटी (ओभर द टप) प्रति कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा निकै आकर्षण बढ्यो ।

घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रुपमा ‘डिजिटल प्लेटफर्म’ रोजे । अन्तर्राष्ट्रियरुपमा बजार राम्रो बनाई सकेका नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्ने प्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायतका ओटिटी प्लेटफर्म दर्शकका प्रिय बने ।

नेपालीसमेत उल्लेखित ओटिटीका प्लेटफर्मतर्फ आकर्षित हुँदा नेपालमै रहेका आइफ्लिक्स, भिडियो पसल, सिनेमाघरजस्ता एपले भने धेरै दर्शक तान्न सकेनन् । आइफ्लिक्स र चलचित्र टिभीले सफलता नपाएपश्चात् बन्द नै भयो । यद्यपि पछिल्लो समय ओटिटी नेपालमा निर्माताको लागि नयाँ आम्दानीको स्रोत बनेको छ ।

चलचित्र भवनबाट सिधै युट्युबमा निःशुल्क उपलब्ध हुने चलचित्र अब एपका माध्यमले केही शुल्क लिएर उपलब्ध हुँदा सोबापतको आम्दानी निर्माताले पाउन थालेका छन् । सिनेमाघर एपसँग सन् २०१८ मै जोडिएका अभिनेता तथा निर्देशक खगेन्द्र लामिछानेले दर्शकलाई एपमा आकर्षण गर्ने र चलचित्र हेर्ने बानिको विकास गरिरहेको बताए।

उनले भने, “युट्युबबाट दर्शकलाई एपमा फिल्म हेर्ने बानी बसाउन केही समय निःशुल्क चलचित्र उपलब्ध गराएका थियौँ । सन् २०१६ मै डिजिटल भविष्य देखेर खोलिएको सिनेमा घरमा दुई वर्षपश्चात् म सञ्चालकका रुपमा जोडिए । नयाँ चलचित्र र ओर्जिनल कन्टेनले दर्शक तान्नेमा विश्वस्थ छौँ । हामीले त्यसको तयारीसमेत थालिरहेका छौँ ।”

दर्शकको ओटिटीप्रतिको आकर्षणलाई बुझेर चलचित्र शिक्षासम्बन्धी अध्ययन गराइरहेको कान्तिपुर फिल्म एकेडेमीले ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज’को दसैँकै अवसरमा शुभारम्भ गरेको छ ।

यसमा केही प्रसिद्ध चलचित्रसँगै आफ्नै सामग्री रहेको एकेडेमीका सिइओ प्रकाश पुरीले जानकारी दिए । उनले भने, “यो प्लेटफर्मले नेपाली कन्टेनलाई इन्टरनेटमा खोजिरहनुभएका दर्शकलाई आकर्षित गर्नेमा विश्वस्त छौँ । हामीले तयारी गरेर कन्टेन जम्मा गरेर बल्ल एपको सुरुआत गरेका हौँ ।”

उनका अनुसार ‘ज्याकी : आइएम ट्वान्टी वान’, ‘जुलेबी’लगायतका चलचित्रसँगै ‘ब्रह्माण्ड’, ‘लभसूत्र’, ‘मदर’, ‘खरानी’, ‘ऋतु’, ‘मिस स्कार्लेट’लगायतका शृङ्खला हेर्न पाउनु हुनेछ । ठुलोपर्दामै देखिने कलाकारलाई लिएर कन्टेन बनाएर ओटिटीमा ल्याउने तयारीमा रहे तापनि यसले पूर्णता पाउन सकेको छैन ।


प्रकाशित मिति: ९ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?