Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

भक्तपुरका किसानलाई धान भित्र्याउने चटारो


भादगाउँ,भक्तपुर । भक्तपुरका किसानलाई यतिखेरि धान भित्र्याउन चटारो भएको छ । एकातिर किसानका घरआँगन, कौसी तथा चोकचोकमा धान सुकाउनेको लर्को लागेको छ भने अर्कोतर्फ कोही खेतमा पाकेर पहेँलपुर भएको धान काट्ने, झार्ने र घर ल्याउने कार्यमा व्यस्त रहेका छन् । केही दिनअघिको वर्षाले गर्दा डराएका किसान पुनः त्यस्तै वर्षा भई पाकेर पहेँलपुर भएको धानमा क्षति हुन्छ कि भन्ने आशङ्काले पनि धान भित्र्याउन चटारो परेको बताउँछन् । धान खेती हुने क्षेत्रहरु मनोहरा, हनुमन्ते र खस्याङ खुसुङ आसपास, सुडाल, ताथली, दुवाकोट, चाँगुनारायण, बागेश्वरी, छालिङ, सिपोडोल, सिरुटार, दधिकोट, गुण्डुलगायत स्थानमा धान काट्न किसानलाई भ्याई नभ्याई छ भने भक्तपुर नगरका नपुखु क्षेत्र, ल्योसिख्यो, भीमसेनस्थान, बाराहीस्थान, भाजुपोखरीको डिललगायत सम्पदा क्षेत्र, विद्यालयको चौर र बाटामा पनि किसान धान सुकाउने कार्यमा व्यस्त देखिन्छन् ।

भक्तपुर देशकै औसतमा उच्च धान फल्ने जिल्ला भए पनि बढ्दो आवादीका कारण खेतीयोग्य जमिन घटेसँगै धान खेती पनि घट्दै गएको छ । हाल जिल्लामा दस हजार दुई सय ४० हेक्टर खेतीयोग्य जमिन छ । तीमध्ये तीन हजार नौ सय २४ हेक्टर जमिनमा धानखेती गरिने र वार्षिक १९ हजार सातसय मेट्रिकटन धान उत्पादन हुने जिल्ला कृषि कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: २९ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?