Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव स्वीकृत


काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसद प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव स्वीकृत गरेका छन् । उनले सङ्कल्प प्रस्ताव पेस गर्दै त्यसको औचित्य र कारणबारे जानकारी गराउदै कानुनमा अपाङ्गता भएका व्यक्तिप्रति विभेद हुने व्यवस्थाको अध्ययन गर्नुपर्नेमा समेत जोड दिए । उनले उक्त व्यवस्था यथाशीघ्र खारेज, संशोधन वा नयाँ निर्माण गर्ने प्रक्रिया अगाडि बढाउन सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिन आग्रह गरे । सांसद पन्थले अपाङ्गता भएका व्यक्तिको लागि अवरोधमुक्त तथा मर्यादित जीवनयापनका लागि संविधान तथा कानुनप्रदत्त मौलिक हक तथा नेपाल पक्ष रहेको अपाङ्गता अधिकारसम्बन्धी महासन्धिले सुनिश्चित गरेका अधिकारहरूको प्रभावकारी कार्यान्वयन गर्नु राज्यका सबै निकायको दायित्व भएको बताए ।

उक्त प्रस्तावमा अपाङ्गता भएका व्यक्तिको सशक्तीकरण, विकास र अधिकारको कार्यान्वयनको अनुगमन, अध्ययन तथा अनुसन्धान, योजना तथा नीतिनिर्माणमा सहयोग, अपाङ्गताका सवालमा काम गर्न सबै किसिमका अपाङ्गता समूहको प्रतिनिधित्व हुनेगरी अधिकार सम्पन्न अपाङ्गता अधिकार प्रवर्धन प्रतिष्ठान वा आयोग स्थापना गर्न माग गरिएको छ । प्रस्तुत प्रस्तावका समर्थक शारदादेवी भट्ट, सिंहबहादुर विश्वकर्मा, तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, खिमलाल देवकोटा, गङ्गाकुमारी वेल्वासे, रमेशजङ्ग रायमाझी, बामदेव गौतम, विमल घिमिरे, दिलकुमारी रावल थापा (पार्वती), विना पोख्रेल, देवेन्द्र दाहाल, महेशकुमार महरा, समित्रा विसी, तुलसाकुमारी दाहाल, डा.विमला राई पौडेलले प्रस्तावका विविध पक्षबारे आफ्ना धारणा व्यक्त गरेका थिए ।

यसैगरी, बैठकले राष्ट्रियसभा नियमावली संशोधन मस्यौदा समिति गठनसम्बन्धी प्रस्ताव पारित गरेको छ भने सांसद रमेशजङ्ग रायमाझीले प्रस्तुत गर्नभएको राष्ट्रियसभा नियमावली, २०७५ संशोधन मस्यौदा समिति गठनसम्बन्धी प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरिएको हो । बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन’ पेस गरेकी थिइन् ।


प्रकाशित मिति: २६ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?