Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

कोशीको घटनाक्रमलाई नजिकबाट नियाल्ने राप्रपाको निर्णय


काठमाडौं । राप्रपाले कोशीको विकसित राजनीतिक घटनालाई नजिकबाट नियाल्ने बताएको छ । राप्रपाले कोशीमा सरकार गठनबारे छलफल गर्न शुक्रबार बिहान पदाधिकारी बैठक बोलाएको थियो । बिहीबार नै कांग्रेसका केदार कार्कीले आफ्ना दलका ८ र एमालेका ३९ प्रदेश सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेपछि कोशीको घटनाक्रमले अर्कै मोड दिएको हो । माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले पनि मुख्यमन्त्री दाबी पेस गरेका थिए तर, आङ्बोले कांग्रेससहित सत्ता गठबन्धनमा रहेका चार दलका संसदीय दल नेताको मात्र हस्ताक्षर बुझाएकाले कार्कीको दाबी बलियो देखिएको छ ।

उनले बुझाएका प्रदेश सांसदहरुले हस्ताक्षर दुरुपयोग भए पनि नभनेकाले उनी नै मुख्यमन्त्री बन्ने राप्रपा नेताहरुको विश्लेषण छ । बैठकले सरकारबारे कुनै निर्णय नगरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । कोशीमा विकसित हुने घटनाक्रमलाई नजिकबाट हेर्ने र अब विश्वासको मत लिने बेला के गर्ने भन्ने थप छलफल गरेर निर्णय लिने नेताहरुले बताएका छन् ।


प्रकाशित मिति: २६ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?