Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

आर्थिक सहयोग


पोखरेली युवा सांस्कृतिक परिवारद्वारा स्थापित ‘अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कार’ पुरस्कारका लागि अक्षयकोष वृद्धिका गर्न नमस्ते ब्याण्डले रु ७७ हजार सात सय ७७ सहयोग गरेको छ । पाँच दशकसम्म गीत–सङ्गीतमा निरन्तर साधनारत रही साङ्गीतिक माध्यमद्वारा नेपाली कला र संस्कृतिको उत्थानमा सशक्त योगदान गरेका गुरुङको सम्मानार्थ पोखरेली युवा सांस्कृतिक परिवारले उक्त अक्षयकोष स्थापना गरेको हो ।

ब्याण्डको ३४ औँ वार्षिक उत्सवका अवसरमा ब्याण्डका अध्यक्ष ईश्वर गुरुङले उक्त रकम पोखरेली युवा सांस्कृतिक परिवारका संस्थापक सदस्य सङ्गीतकार, गीतकार तथा गायक विक्रम गुरुङलाई हस्तान्तरण गर्नुभयो । जापानमा सन् १९८९ मा जापानी र नेपाली सदस्य मिलेर नमस्ते ब्याण्डको स्थापना भएको थियो । देश विदेशमा रहेर नेपाली गीत, सङ्गीत, गायन र वाद्यवादनमा योगदान पु¥याउने व्यक्ति वा संस्थालाई प्रत्येक दुई वर्षमा प्रदान गर्नका लागि उक्त पुरस्कार स्थापना भई सञ्चालनमा आएको छ । करिब चार वर्ष अघि ‘भेटरान ग्रुप’ हङकङले गायक तथा सङ्गीतकार विक्रमको ‘मेरो सङ्गीत यात्रा कार्यक्रम आयोजना गरी त्यसबाट वचत भएको रकम रु पाँच लाख अम्बरको नाममा पुरस्कार स्थापना गर्न यस परिवारलाई हस्तान्तरण गरिएको थियो । तीन वर्षअघि पोखरेली मञ्च युकेले सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तको ‘सिर्जनाको घेराभित्र सरुभक्त’ नामक कार्यक्रम अयोजना गरी त्यसबाट वचत रकम रु दुई लाख ५० हजार पनि सोही कोषमा थपिएको थियो ।

उक्त कोष वृद्धिका लागि नेपथ्य, नेपालय, पलेटी रु एक÷एक लाख र सङ्गीतकार, गीतकार तथा गायक विक्रम गुरुङले व्यक्तिगत तर्फबाट पनि रु एक लाख सहयोग गरिसक्नुभएको छ । हालसम्म कोषमा करिब रु १८ लाख जम्मा भइसकेको छ । अझै पनि विभिन्न व्यक्ति र सङ्घ संस्थाबाट सहयोग आउने क्रम जारी रहेको सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति एवं पुरस्कार स्थापना समितिका संयोजक सरूभक्तले जानकारी दिनुभयो । ‘अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कार’को राशि नगद रु दुई लाख, ताम्रपत्र र दोसल्ला रहनेछ । पुरस्कार यस वर्षदेखि प्रदान गरिने छ ।


प्रकाशित मिति: १५ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?