Trending
>>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन >>   दलहरू सत्ताको खेलमा मात्रै अल्झिँदा जनता र युवामा चरम असन्तुष्टि बढ्योः डा. बाबुराम भट्टराई >>   रेशम चौधरीको प्रश्नः ‘गणतन्त्रसँगै हाम्रो धर्म किन साटियो ?’ >>   संविधान र लोकतन्त्र धरापमाः पुष्पकमल दाहाल >>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

बागमती प्रदेशसभा बैठक बस्दै


२१ ,असोज ,मनहरी (मकवानपुर) । बागमती प्रदेशसभाको बैठक आज अपराह्न ३ः०० बजे बस्दै छ । उक्त बैठकमा छलफलका दुई विधेयक लागि पेस हुने बागमती प्रदेशसभा सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

बैठक यसअघि यही असोज १७ गते बुधबार बसेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको थियो ।

बागमती प्रदेशसभामा हाल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी एक सय १० जना प्रदेशसभाका सदस्य रहेका छन् ।

बागमती प्रदेशसभा चिट्ठा विधेयकले केही विवाद सिर्जना गरेको छ । सरकारले प्रस्तुत गरेको सो विधेयललाई बैठकमा प्रतिपक्षी सदस्यले विरोध जनाउँदै आएका छन् ।

सदस्यलाई पूर्वजानकारी नै नदिई सरकारले सिधै बैठकमा चिट्ठा विधेयक टेबुल गर्न खोजेपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले विरोध गर्दै आएको हो ।


प्रकाशित मिति: २१ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?